×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बहस गरौँ : ‘मोबाइल किन्ने मेयर सापको निर्णय गलत कि उनीजस्तालाई जिताउने हाम्रो निर्णय गलत !’

  • डीआर नेपाल 
जनतालाई मोनोरेल र मेट्रो रेलको सपना देखाएर भोट मागेका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै लागि मोबाइल किन्ने निर्णय गरेका छन् । एउटा लज्जासपद निर्णय जसले भोट दिने हरेकको चित्त दुखेको हुनुपर्छ । शाक्यले गरेको मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोबाइल किन्ने र सिमसहित हस्तान्तरणको निर्णय आफैंमा एउटा लाजमर्दो निर्णय हो । नगरपालिका सदस्यका लागि ३० हजार रुपैयाँको मोबाइल सेट र एउटा सिम दिइने भन्ने निर्णयले राज्यको ढुकुटीको लाखौँ रुपैयाँ त सक्किएको छ नै, त्योभन्दा बढी भोट दिने जनताको भोटको इज्जत घटेको छ । 
यो निर्णयको अहिले खुलेआम विरोध भइरहेको छ । तर एक पटक ठण्डा दिमागले सोचौं त, ‘हामीले कस्तो मान्छेलाई हाम्रो प्रतिनिधि बनाएछौं ? हामीले कस्तो व्यक्तिलाई मेयर बनाएछौं ! हामीले कस्तो पात्रलाई भोट हलेछौँ ? यी प्रश्नहरुको सोझो उत्तर भेटिन्छ, ‘निर्णय उनको गलत होइन, सायद हाम्रो गलत हो । काठमाडौँमा मोनोरेलको सपना देखेर मोबाइलका लागि मरिहत्ते गर्नेहरुलाई नचिन्नु हाम्रो कमजोरी हो ।’
फेरी एक पटक सोचौं, ‘यस्ता निर्णय अरुपनि हुनेछन् । किनकि एउटा मोबाइलका लागि मरिहत्ते गर्ने व्यक्तिले जे पनि गर्न सक्छ । र दुखेसो गर्दै नगरौं । गल्ती हाम्रै हो फेरी पनि ! म गलतपनि हुन सक्छु । तर आउनुहोस् न त बहस गरौँ ‘मोबाइल किन्ने मेयर सापको निर्णय गलत कि उनीजस्तालाई जिताउने हाम्रो निर्णय गलत !’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: