×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : ग्राहकको नागरिकता दुरुपयोग गरेको भन्दै सेन्चुरी बैंक विरुद्ध उजुरी, बैंकको यस्तो दावी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि समय अघि भएको बैंकिङ एक्स्पोमा खाता खोलेका ग्राहकको नागरिकता बैंकका कर्मचारीले निजी मोबाइलमा खिची त्यसको दुरुपयोग गरेको र सेन्चुरी बैंकमा ग्राहकका डकुमेन्टहरु यसरी दुरुपयोग हुने गरेको खबर खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंक विरुद्ध उजुरी परेको छ । बैंक विरुद्ध प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको हो । कार्यालयमा आफ्नो नागरिकताको दुरुपयोग भएकाले यसबारे सत्य तथ्य पत्ता लगाई दोषी उपर कारवाही प्रक्रिया अगाडी बढाइयोस् भन्दै उजुरी परेको हो । कार्यालयले सो उजुरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा आवश्यक अनुसन्धानका लागि पठाउने बुझिएको छ ।

भएको के हो ? पढ्नुहोस् तलको समाचार :
के भन्छ बैंक ?
यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका कर्मचारी सुवाश शर्माले बैंकका कर्मचारीले त्यस्तो गलत काम कुनैपनि हालतमा गर्न नसक्ने दावी गरेका छन् । ‘हामी हाम्रा कर्मचारीप्रति यति ‘कन्फिडेन्ट’ छौं कि उनीहरुले त्यस्तो कुनैपनि हालतमा गर्दैनन् । खाता खोल्न ढिलो भएको सत्य हो । खाता छिटो खोल्न हामीले मोबाइलमा नागरिकताको फोटो खिचेको पनि सत्य हो । एक महिनासम्म खाता खुल्न नसकेको पनि सत्य हो । यसका लागि बैंकको तर्फबाट म माफी चाहान्छु । तर नागरिकता दुरुपयोग भयो भन्ने कुरामा हामी सहमत छैनौँ । नागरिकता दुरुपयोगको कुरा सुनेपछि हामीले पनि आन्तरिक अनुसन्धान गर्यौं । त्यस्तो भएको छैन ।’ शर्माले भने। अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले उक्त नागरिकता खाता खोल्न बाहेक कुनैपनि प्रयोजनका लागि प्रयोग नभएको दावी गरे । ‘नागरिकता रहेछ, पहिला छैन भनेर ढाँटियो, त्यत्रो समय किन खाता खोलिएन त?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यसमा बैंकको कमजोरी भएकै हो । हामीले उक्त कमजोरी स्वीकार गरेका छौं। तर कर्मचारीले अरुलाई ग्राहकको नागरिकता देखाए भन्ने कुरा गलत हो ।’ उनले भने । 

सुरक्षाविद भन्छन्, ‘यो त सरासर अपराध हो’
यसबारे हामीले साइबर सेक्युरीटीमा काम गरिरहेको रिगो टेक्नोलोजीका निर्देशक मुकुन्द पोखरेलसँग सोधेका थियौं । ‘कुनै पनि संस्थाले ग्राहकको व्यक्तिगत सूचना ग्राहकको अनुमति बिना शेयर गर्न वा प्रकाशित गर्न पाउँदैन। यसरि शेयर गरे वा प्रकाशित गरेमा उक्त सूचनाको आधारमा गलत मानिसले अर्काको नाममा गलत क्रियाकलाप गरि फसाउने सम्भावना हुन सक्छ । विश्वमा अरुको यस्तै जानकारीका आधारमा धेरै अपराधहरु भएका छन् । नेपालको संविधानले समेत गोपनियताको हकबारे स्पष्ट व्याख्या गरेको छ । ग्राहकको गोप्य दस्तावेज शेयर गर्नु कानुनि रुपमा अपराध हो । यस्तो गर्नु हुदैन ।’ पोखरेलले भने । ‘मैले केहि समयअघि आफ्नो भोटर कार्ड फेसबुकमा नराख्न समेत धेरैलाई आग्रह गरेको थिएँ । यसले डुब्लिकेट परिचय बनाएर त्यो व्यक्तिका नाममा अपराध गर्न सक्छ ।’ उनले भने ।
कानुन व्यवसायी भन्छन्, ‘उजुरी गर्नुहोस् कारवाही हुन्छ’
यता कानुन व्यवसायीहरुले पनि कार्यालय प्रयोजनका लागि भन्दै आफ्नो व्यक्तिगत मोबाइलमा कसैको नागरिकता स्क्यान गर्नुनै गैर कानुनी भएको स्पष्ट पारेका छन् । ‘तपाईंको कुरा सुन्दा त यहाँ अपराध भएको स्पष्ट देखिन्छ । तपाईंले तपाईंको नागरिकता नीज कर्मचारीले अरुलाई देखाएको भन्ने जानकारीका आधारमा बैंक पुग्दा आफ्नो नागरिकता नभेटेको भन्ने उल्लेख गर्नुभयो । यसले त ती कर्मचारीले उक्त नागरिकता आफ्नो व्यक्तिगत प्रयोजनका लागि खिचेको समेत देखियो । उनीसँग गरिएको कुराकानीको रेकर्डसहित मुद्धा हालनुहोस्, यो सरासर अपराध हो ।’ कानुन व्यवसायी कृष्ण न्यौपानेले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: