×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘क्रेज’ स्वात्तै घटेपछी मिडियामा यसरी आक्रामक हुँदैछ चन्द्रागिरी, हजारौं टिकट ‘बार्टर’मा वितरण सुरु, अरु योजना यस्ता छन् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – औपचारिक सुरुवात नहुँदै विभिन्न विवादमा परेको चन्द्रागिरीले अपेक्षा गरिएअनुसार पर्यटक पाउन नसकेपछी मिडियामा आक्रामक शैलीले जाने निर्णय गरेको छ । सुरुवातीका दिनमा अत्याधिक पर्यटक पाएको भएपनि चन्द्रागिरीको महँगो शुल्क, महँगोमा बेचिएको गुणस्तरहिन खाना लगायतका कारणले पर्यटकहरु पाईलैपिच्छे ठगिने गरेको तथ्य बाहिरिएपछी पर्यटकको क्रेज स्वात्तै घटेको थियो । यता पुरै सिंगो डाँडा मात्र १५००० रुपैयाँमा सरकारले कम्पनीलाई भाडामा दिएको र यसमा ठुलै चलखेल भएको चर्चा हुन थालेपछि देशलाई माया गर्नेहरु भू-माफियाहरुको विरोध गर्नेहरुपनि चन्द्रागिरी जान छोडेको जानकारहरु बताउँछन् !
हजारौं टिकट वार्टरमा वितरणको सुरु !
शनिबारबाहेक चन्द्रागिरीमा खासै पर्यटक जान छोडेपछि चन्द्रागिरी हिल्स लिमिटेडले विभिन्न पत्रपत्रिकाहरुसंगको सहकार्यमा हजारौं टिकट वार्टरमा वितरण गर्ने कार्य सुरु गरेको छ । कम्पनीले बताएअनुसार अहिले नयाँ पत्रिका, कारोबार र नागरिकसँग पत्रिकाले विज्ञापन छाप्ने र उक्त पत्रिकाको ग्राहक हुनेलाई चंद्रागीरिको टिकेट दिने (बार्टर) प्रणालीमा कम्पनी अगाडी बढेको छ । त्यसरी पत्रिकाको ग्राहक बन्दा पाइने टिकेट शनिबार प्रयोग गर्न नपाइने हुनालेपनि चन्द्रागिरीले पर्यटक देखाउने मामलामा यसबाट राम्रै फाइदा लिने देखिन्छ । यता कम्पनीले अन्य दैनिक पत्रिकाहरुसँगपनि यसरीनै अगाडी बढ्ने तयारी गरिरहेको छ । तर नेपालकै ठुलो दैनिक पत्रिका कान्तिपुरमा चन्द्रागिरीका कर्तुतहरु छताछुल्ल हुने गरी बाहिरिएपछी अहिले बार्टरमा जवर्जस्ती टिकेट पाएकाहरुबाहेक चन्द्रागिरीप्रति क्रेज स्वात्तै घटेको जानकारहरुको भनाइ छ !

टेलिभिजनमा पनि आक्रामक हुँदै चन्द्रागिरी !
यता सुरुवातीक समयमा टेलिभिजनमा विज्ञापन नगर्ने भन्ने आन्तरिक अडान राखेको चन्द्रागिरीले अन्तत: केहि सीप नलागेपछी नेपाली टेलिभिजनमा आक्रामक हुने रणनीतिका साथ अगाडी बढेको छ । यसै रणनीति अनुरुप बुधबार चन्द्रागिरी हिल्स लिमिटेडको टिभीसी समेत सार्वजनिक गर्ने कार्यक्रम राखिएको चन्द्रागिरी स्रोतले बताएको छ । यसरी तयार भएको टिभीसी विभिन्न टेलिभिजन लगायत केहि सिनेमा हलमा समेत प्रदर्शन गरिने चन्द्रागिरी हिल्स लिमिटेड स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।

सकारात्मक हुने सकेनन् पर्यटक !
यता चन्द्रागिरी हिल्स लिमिटेडले सुरुवातीका दिन देखिनै जनता ठग्दै आएको, देशमाथि लूट गरेको, सुरुवातीका दिनहरुमा कर विजक दिनपनि आनाकानी गरेको लगायतका तथ्यहरु सार्वजनिक भएपछी पर्यटकहरु सकारात्मक हुन सकेका छैनन् । ‘तातै खाउँ, जल्दै मरौं’ भन्ने शैलीमा चन्द्रागिरी हिल्स लिमिटेडले सुरुवातीका दिनहरुमा पर्यटक ठगेपछी अहिले पर्यटकहरुपनि चन्द्रागिरी हिल्स लिमिटेडप्रति सकारात्कम हुनै नसकेको र एक पटक चन्द्रागिरीमा पुगेका पर्यटकहरुले पनि खासै अरुलाई घुम्न सिफारिस नगरेको देखिएको छ ।
सकारात्मक पाटो जिवितै !
यद्यपी देशको एउटा डांडालाई पर्यटकीय गन्तब्य बानाएर कम्पनीले देशलाई केहि योगदान दिएको भने पक्कै छ । १५००० मा पुरै डाँडा भाडामा लिएर देशमाथि कम्पनीले लुट गरेको भन्ने आरोप लगाएपनि अरवौंको भौतिक पूर्वाधार बनाएको चन्द्रागिरी हिल्स लिमिटेडको योगदानलाई पनि महत्वपूर्ण रुपमा हेर्ने गरिएको छ । अझ होटलहरु निर्माण गर्ने, र थप अन्य व्यवस्थापनका कामहरुपनि गरेको चन्द्रागिरीको लगानीको पाटोलाई भने धेरैले महत्वपूर्ण रुपमा लिएका छन् । तर लगानीका नाममा चन्द्रागिरी हिल्स लिमिटेडले सोझा जनतालाई ठगीरहेको आरोपपनि अर्को पाटोमा जिउंदै छ ।
चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: