×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१ हजार ७८ मध्ये ८७ फाइल खोल्दा भेटियो २१ अर्ब घोटाला ! ५ खर्ब बढी घोटालाको आशंका !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अख्तियारले पक्राउ गरी प्रारम्भिक छानविन गर्दा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले २१ अर्ब रुपैयाँ राजश्व घोटाला गरेको पाइएको छ । अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानले यस्तो तथ्य देखाएको हो । आयोगले अहिलेसम्म कर फछर्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान सकेको र ८७ फाइललाई अनुसन्धान गर्दा २१ अर्व घोटाला गरेको पाइएको हो ।
यता पक्राउ परेदेखि नै चुडामणि शर्माले आफु बिरामी परेको नाटक गरिरहेका छन् । उनलाई एक दिनमै ३ पटकसम्म अस्पताल पुर्याइएको अख्तियार स्रोतको दावी छ । तर वीर अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थ्य स्थिती सामान्य देखिएको थियो । तर, उनले आफूलाई गाह्रो भइरहेको बताएपछि नर्भिकमा लगेर पनि उपचार गरिएको थियो भने अहिलेसम्मको स्वास्थ्य जाँचमा कुनै समस्या नदेखिएको अस्पतालले बताएको स्रोतले बताएको हो ।
सहसचिव शर्माले कर फछ्र्यौटका क्रममा अधिकाशं त्यस्ता करदाता कम्पनीहरुलाई ९९ प्रतिशतसम्म कर छुट गराएर राज्यलाई घाटा पारेको देखिएको छ । उनले यतिसम्म घोटाला गरेको देखिएको छ कि एउटा मेशिन खरिद कम्पनीले कट्टा गर्नुपर्ने कर २६ लाख र कम्पनीको आयकर १ करोड २५ लाख रुपैयाँका लागि ३ लाख रुपैयाँमा सहमति गरी बाँकी रुपैँया मिनाह गरेको देखिएको छ । यसरी उनले राज्यले पाउनु पर्ने राजस्व रुपैयाँ मध्ये कम्तिमा ९९ प्रतिशतसम्म मिनाह गरेको पाइएको हो ।
चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: