×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करोडौं घोटालाको आरोप लागेका एनजीओ सञ्चालकको दावी,’ अख्तियारले एनजीओलाई केही गर्न सक्दैन आयुक्तलाई मिलाउँछु’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय एनजीओको नाममा डलरखेती मात्रै गर्ने चलन ह्वात्तै बढेको धेरैलाई थाहा छ । यसैबीच गोरखाका भूकम्प प्रभावितहरुका लागि संचालित खानेपानी तथा सरसफाई कार्यक्रमका लागि हेलिकोप्टर मार्फत सामान ढुवानीका क्रममा करोडौं रुपैया भष्ट्रचार भएको अभियोगमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) पानी नामक गैरसरकारी संस्थामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गर्ने भएको छ । उक्त संस्थालाई विभिन्न आरोपसहित परेको उजुरी उपर यस्तो छानविन हुन लागेको हो । यसो त यो संस्थालाई अख्तियारले मात्र होइन समाजकल्याण परिषदले पनि छानविन गरिरहेको छ । 
उजुरीकर्तालाई समाजकल्याणमाथि नै शंका !
यता यो प्रकरणमा उजुरीकर्ताले भने समाज कल्याण परिषदलाई नै नपत्याएको देखिन्छ । समाज कल्याण परिषदलाई नापत्यायेकै कारण परिषदले प्रलोभनमा परी निष्पक्ष छानविन नगर्ने भन्दै उजुरीकर्ताले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पनि उजुरी दिएका छन् । संस्थाका पूर्व पदाधिकारी तथा वर्तमान कार्यसमितिका बोर्ड सदस्यहरुलाई उजुरी परेको हो । 

कस-कसका नाममा पर्यो उजुरी !
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार संस्थाका संचालकहरुलाई उजुरी परेको हो । संस्थाका निर्देशक उमेश पाण्डे, उनका ससुरा पर्ने सचिव मोहनप्रसाद लोहनी, कोषाध्यक्ष मुकुन्द न्यौपाने र प्रशासन प्रमुख अशोक स्वाँर लगायतलाई उजुरी परेको हो । उनीहरुलाई बैदेशिक सहयोगबाट नेपाली जनतालाई प्राप्त अनुदानमा गरेको भ्रष्ट्राचार, अनियमितता, पदको दुरुपयोग गरेको उल्लेख गर्दै समाज कल्याण परिषदमा उजुरी परेको थियो । परिषदको छानविन निस्पक्ष नहुने भन्दै प्रधानमन्त्रीको कार्यालय र अख्तियारमा उजुरी परेको हो ।
अख्तियारले एनजीओलाई केही गर्न सक्दैन आयुक्तलाई मिलाउँछु !
यता उजुरीकर्ताले अख्तियारले एनजीओलाई केहि पनि नगर्ने र आफुले आयुक्तलाई नै मिलाउने भन्दै मनपरी गर्न थालेको बताएका छन् । प्रधानमन्त्री कार्यालयमा गरेको उजुरी पत्रमापनि एनजिओलाई अख्तियारले केही गर्न सक्दैन, अरुसँग कुरा मिलाई हालिन्छ भन्दै जसले जे मुद्धा हालेपनि कसैले केही गर्न सक्दैन भन्दै निर्धक्कका साथ अनिनियमितता र भ्रष्टाचार, अनियमितता र मनपरी गर्दै आएको उल्लेख गरिएको छ । उजुरीकर्ताका अनुसार साधारण सदस्य भएको ५ महिना भित्र अध्यक्ष भएका संस्थाका अध्यक्ष पिताम्बर क्षेत्रीले अख्तियारमा आफूले चिनेका आयुक्तहरु छन् डराउनु पर्दैन, परे म मिलाँउछु भन्दै हिँडेपछि उजुरीकर्ताले प्रधानमन्त्रीको कार्यालयमा उजुरी गरेका हुन् । 
के के आरोप लागेका छन् संस्थामाथि ?
संस्थामाथि रकम हिनामिनादेखि नियमविपरित आफ्नालाई जागिर खुवाएकोसम्मका आरोप छन् । हेरौं नेवामाथि भष्ट्राचारका आरोपहरु : 

  • दार्तृ संस्थालाई छल्न एउटै व्यत्तिले व्यवस्थापन र संचालन गरेका विभिन्न फर्महरु कहिले हुल ट्रेड्स, कहिले महाशक्ति एग्री एण्ड टुल्स र कहिले एकुरेट सप्लायर्सको नामबाट प्रन्ध बर्षभन्दा लामो समय देखि प्रचलित बजार मुल्य भन्दा महंगो मुल्यमा निमार्ण सामग्री खरिद गरि वार्षिक २ करोडको भष्ट्राचार गर्ने गरेको, २५ बर्ष सम्मको करिब ५ अरब भन्दा बढी बजेटबाट निमार्ण सामग्री खरिद गर्दा करिब ५० करोड भन्दा बढिको भ्रष्ट्राचार गरेको । 
  • २५ बर्ष देखि जिन्दगीभर एउटै व्यक्ति एउटै संस्थाका महत्वपूर्ण पदहरु निर्देशक र सदस्य सचिव भई पद र शक्तिलाई आफ्नो हातमा केन्द्रित गरि पदको दुरुपयोग गरेको, विभिन्न क्षेत्रको दवाव पछि हाल कार्य समितिको सदस्य सचिव पद छोडेको । 
  • उमेश पाण्डे अहिले कार्य समितिको सदस्य नभए पनि उनैले नै बैठक बोलाउने र चाहेको निर्णय गराँउने गरेका छन् । आफू टिकिरहनका लागि बिभिन्न किसिमका हत्कण्डा प्रयोग गरी आफूखुसी नियम बनाई जालझेल गर्ने गरेको । 
  • भुकम्प पीडित नेपालीको लागि संचालित खानेपानी तथा सरसफाई कार्यक्रमको हेलिकोप्टर भाडामा करोडौँको भष्ट्राचार गरेको । 
  • सामान खरिद गर्दा कोटेशन प्रक्रिया पूरा गरेको देखाई कमिसन खाने, सामान खरिद नगरी बिल बनाई खाने गरेको । तिनवटा कोटेशन मिलाउन लागाई दररेट मिलाउने गरेको ।
  • उमेश पाण्डेले गरेका अनियमितता तथा भ्रष्टाचारलाई ढाकछोप गर्न आफ्नो भ्रष्टाचारमा साथ दिन सुनयोजित तरिकाले आफू अनुकुलका निर्णयहरु गराँउन आफ्ना नजिकका नातेदार, आफन्त तथा भ्रष्ट व्यक्तिहरुलाई संस्थाको साधारण सदस्य बनाई ६ महिना भित्रमा नै उन्लाई नै संस्थाको कार्यकारी बोर्ड सदस्य बनाएको । 
  • शूरुदेखि नै सम्बन्धित क्षेत्रमा काम नगरेका र अनुभव नभएका धेरै आफन्त र नजिकका मान्छेलाई संस्थामा जागिर दिई संस्थालाई उनीहरुको निजी कम्पनी बनाएको ।
  • विज्ञापनमा सम्बिन्धित क्षेत्रमा २ वर्षको काम गरेको अनुभव भएको मागेर कुनै संस्थामा १ दिन पनि काम नगरेको, संबन्धित क्षेत्रमा केही अनुभव नभएको , विज्ञापन अनुसार योग्यता नभएको व्यक्ति गोमा वलीलाई सुआहारा प्रोजेक्टमा जागिर खुवाएको ।
  • आयोजनाका सम्पूर्ण कार्य सम्पन्न नगरी बिल बनाई दातृ निकायलाई सम्पन्न भएको भनि प्रतिबेदन पठाएको ।
  • उमेश पाण्डेले अनियमितता, भ्रष्ट्राचार गरि सोबाट अकुत सम्पति आर्जन गरेको ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: