×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यतिसम्म लोभी थिए चुडामणि शर्मा, ५ रुपैयाँ घुस पनि छोड्दैनथे (हेरौं उनीबारे थप ५ किस्सा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अख्तियारले प्रक्राउ गरेका चुडामणि शर्माका अनेकौं किस्साहरु बाहिर आउन थालेका छन् । यसअघिहामीले उनीबारे अचम्मलाग्दा ७ किस्सा प्रस्तुत गरेका थियौं । रिमोट कन्ट्रोल घरदेखि पैसा राख्ने ठाउँको खोजीसम्मका किस्साहरु हामीले प्रस्तुत गरिसकेका छौं । आजको अंकमा हामी उनीबारे थप केहि रमाइला र अचम्मलाग्दा किस्स्साहरु प्रस्तुत गर्दैछौं । 
१. कुनैपनि कर्मचारीका कार्यक्रममा वा विशेष भेलाहरुलाई सम्बोधन गर्नुपर्यो भने शर्मा कर्मचारीमा तीन ‘सु’ हुनुपर्छ भन्थे । ती हुन् : सुन्ने, सुनाउने र सुधार गर्ने । उनका विरोधीले भने उनको खिल्ली उडाउन शर्मालाई सुलसुले, सुटुक्क र सुनियोजित काम गर्छन भन्दै आलोचना गर्छन् ।
२. उनी यतिसम्म लोभी थिए कि ५० को दशकमै उनी कार्यालय प्रमुख भएका थिए । एक जना सेवाग्राहीले फाटँवाला कर्मचारीलाई पाँच रुपैया घुस दिन प्रस्ताव गरेपछि ती कर्मचारी शर्मालाई सोध्न गएछन्, ‘सर ५ रुपैया दिन्छु भन्या छ लिऊँ की के गरुँ ?’ शर्मा रिसाएछन र भनेछन् : त्यो पाँच रुपैया हैन मोरो, ती लक्ष्मी हुन् । गृह प्रवेश गरेकी लक्ष्मीलाई सोध्न आउँछस् ? लिनु, लिनु । 
३. उनका नाममा बजारमा दर्जनौ पुस्तक बजारमा आएका छन् । तर त्यसमध्ये ८० प्रतिशत किताब उनका नभई उनको नाममा अरुले लेख्ने र आम्दानी बाँडफाँड गर्ने गरेका छन् ।
४. उनले आफ्नो सम्पति देखाउन शंकरदेव क्याम्पस अगाडि रहेको एपेक्स इन्स्टिच्युटमा नदेखिने लगानी गरेका छन् । शर्माको लगानीमा पुर्वतिरका हरि शर्माको छाँया लगानीमा सो इन्स्टिच्युट संचालनमा छ ।
५.स्याङ्गजाको ‘अधिकृत गाउँ’ फापरथुममा वि स २०२६ मा जन्मेका शर्मा सानैमा बाबु बितेर टुहुरो बने तर उनलाई पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दागर्दै शुरु गरेयता धनले कहिल्यै टुहुरो बनाएन । बरु उनी निजामती क्षेत्रका कुबेर बने ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: