×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काँग्रेस र माकेको आकस्मिक वैठक, भरतपुरमा रेणुलाई जिताउन यस्तो बन्यो रणनीति

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – निर्वाचन आयोगले भरतपुर चितवनको वडा नम्बरमा १९ पुन मतदान गर्ने शनिबार निर्णय गरेसँगै काँग्रेस र माओवादी केन्द्रको संयुक्त बैठकले नयाँ रणनीति बनाएको छ । आइतबार बसेको माके र कांग्रेसको जिल्ला समितिको संयुक्त बैठकले १९ नम्बर वडामा हुने मतदानमा वडाअध्यक्षसहित सबै पदमा माओवादी केन्द्रले काँग्रेसको पूरै प्यानललाई समर्थन गर्ने भएको छ । यसैगरी, काँग्रेसले आफ्ना सम्पूर्ण मत मेयरकी साझा उम्मेदवार रेणु दाहाललाई हाल्ने समझदारी भएको छ ।
वडामा मत साटासाटसँगै मेयरमा कांग्रेस माओवादी केन्द्रकी उम्मेदयर रेणु दाहाललाई जिताउन सहज हुने उनीहरुको योजना छ । १९ नम्बर वडामा माकेबाट वडा अध्यक्षका उम्मेदवार खडग गुरुङ, महिला सदस्य बिना गुरुङ, दलित महिला सदस्य शान्ति विश्वकर्मा, सदस्यहरु राजेन्द्र वस्ताकोटी र दुर्गा लामाले उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको छ । सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले शनिबार पुनमतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णयलाई एमालेले अस्वीकार गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: