×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस नेता वडूमाथि आफ्नै कार्यकताद्धारा हातपातको प्रयास !

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडूमाथि हातपात प्रयास भएको छ । उनले दार्चुला सदरमुकाम स्थित महाकाली नगरपालिकामा उम्मेदवारी दर्ता गराएपछिको आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
सम्वोधन सकिएपछि पार्टी कार्यालय पुगेका वडूलाई कांग्रेसकै कार्यकर्ताले हातपातको प्रयास गरेका हुन् । स्थानीय पदम ठगुन्नाले आफ्ना बुबालाई टिकट नदिएको भन्दै गालिगलौज गरी हातपात गर्न खोजेका थिए । ठगुन्नालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए ।

एमाले र माओवादीका कार्यकर्ताबीच झडप
उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच झडप भएको छ । सो झडपमा परी १४ जना घाइते भएका छन् । सदरमुकामबाट झण्डै १९ कोष उत्तरपूर्वमा पर्ने मार्मा गाउँपालिकाको सदरमुकाम लटिनाथमा भएको थियो । झडपमा परी घाइते हुनेहरुमा राजमती जोशी, कृतिनिधि जोशी, अमर बोहरा, कृपा महता, राम बिष्ट, चन्द्र ठगुन्ना, सुरेन्द्र ओड, केशव महता, गोमती बोहरा, केशव बिष्ट, मदन बिष्ट, बशन्ति नेपाली, गोमती ठगुन्ना र कमल बोहरा रहेका छन् ।
कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच पनि झडप
त्यसैगरी, नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वरमा झडप हुँदा एक जना माओवादी कार्यकर्ता घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
कार्यकर्ताहरु ओहोर दोहोर हुँदा समान्य झडप मात्रै भएको माओवादी केन्द्रका नेता नरबहादुर बिष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले झडप परी कति जना घाइते भन्ने विवरण आइ नसकेको जानकारी दिए । नँया पत्रिकाबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: