×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुझ्नु भो मेयर सा’प ? मोबाइल किन्ने निर्णय गरेर तपाईंले मेरो भोटको ‘बेइज्जत’ गर्नूभो !

  • डीआर नेपाल 
सपना ठुलै थिए । ट्राफिक जामले सधैं तनाव दिने यो शहरमा मोनो रोलको सपना देख्नु नै ठुलो मान्दापनि हुन्थ्यो। काठमाडौँका लागि मेयरको उम्मेदवार हुँदा विद्या सुन्दर शाक्यलाई फरक ढंगले हेर्ने कोहिमध्ये मपनि थिएँ । तर आज उनले मेरो भोटको बेइज्जत गरेर एउटा घीनलाग्दो निर्णय गर्नुभएछ ! ममात्र होइन काठमाडौं महानगरबासीले झण्डै २० वर्षपछि जनप्रतिनिधि पाएका थिए । जनप्रतिनिधि हुँदा विकास निर्माण तथा आफ्ना दैनिक समस्या सम्बोधन होला भन्ने भनेर आफ्नो मनले खाएका उम्मेदवारलाई जिताएर पठाउने थुप्रै महानगरबासी मध्ये मपनि थिएँ । तर अवासोच, तपाईंको सोच र सपना मोबाइलमा रहेछ ।
नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भनेर निर्णय गर्यो । यो भन्दा लज्जासपद निर्णय अरु के हुन सक्छ ! सरसर्ती हिसाब गर्ने हो भने नगरकार्यपालिका सदस्यमा भएका ३२ वडाका वडाध्यक्ष र सदस्यलाई मोबाइल किन्नमात्र १२ लाख खर्च हुन्छ । मेयर र उपमेयरले किन्ने मोबाइलको खर्च छुट्टै हुनेछ । अनि राज्यमाथिको यो हदसम्मको दोहनलाई कसरी लिने ? लाज भन्नेपनि अलिकति हुनुपर्छ नि नेता भएपछि ! अचम्मको कुरा त के छ भने महानगरले मोबाइलमात्रै किन्ने निर्णय गरेको होइन रहेछ । मेयर र उपमेयरले बिल बमोजिम मोबाइल खर्चसमेत पाउनेछन् । ओहो सबैकुरा मोबाइलमै अड्किएजस्तो !
धेरै के भन्नु मोबाइल मेयर सापलाई ! मेरो सपनामाथि तपाईंले कुठाराघात गर्नुभयो ! मेरो भोटको बेइज्जत गर्नुभो!
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: