×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दुबईस्थित बैंक अफ ओमान युनाइटेड अरब इमिरेटसको ५ करोड दिराम ठगेर दुइ नेपाली फरार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दुबईस्थित बैंकबाट करिव डेढ अर्व नेपाली रुपैयाँ ठगेर दुइ नेपाली फरार भएका छन् । विराटनगरका प्रकाश धमला र उनका भार्इ विकास धमलाले दुबईमा रहेको बैंक अफ ओमान युनाइटेड अरब इमिरेटसको ५ करोड दिराम ठगेका हुन् भने स्थानीय व्यापार साझेदारको एक करोड दिराम ठगेका हुन् । उनीहरु बिगत २ महिनादेखि सम्पर्कबिहिन छन् भने उनीहरुलाई खोज्न भन्दै बैंकका कन्ट्री हेड खालिद केए अल रियामी र सिनियर रिलेसनसीप म्यानेजर जोन्सन रोमेश एबसेलम नेपाल आएका छन् ।
उनीहरुले फरार दाजुभाईका आफन्त र बाबुलाई भेटेका थिए । व्यक्तिगत जमानीमा दुबईको नेसनल बैङ्क अफ ओमन युनाइटेड अरब इमिरेटसित काम गरिरहेका प्रकाश र विकासले आफू बैङ्कको विश्वासिलो सूचीमा परेपछि कारोबारलाई ह्वात्तै बढाएका थिए । आफ्नो व्यापार सिंगापुरमा भएको झुटो विवरण देखाएर उनीहरुले बैंकमा मोटो रकम ऋण लिएका थिए । उनीहरुलाई नभेटेपछि उक्त व्यापार हेर्न सिंगापुर पुगेका बैंकका प्रतिनिधिहरुले उक्त कम्पनी सिंगापुरमा अस्तित्वमा नै नरहेको भेटेपछि रित्तो हात फर्केका छन् ।
उनीहरुको खोजी कार्य जारी रहेको बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: