×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भोट हाल्न ‘पञ्चेती’

बाँके – पटवारी कुचबधियाले सेता–मुठे जुँगा बटारे । रूखको फेदमा सयल तापिरहेका महिला–पुरुष सबैले इसारा बुझिहाले । मध्याहनको टन्टलापुर घाममा उनको पछिपछि नजिकैको स्कुलतिर गए । र, मतदाता परिचयपत्र बुझे ।आजको कान्तिपुरमा खबर छ ।
अर्को समूह केही पर अर्कै रूखमुनि जुटिरहेको थियो । परिचयपत्र बुझ्नेहरूसमेत सीधै त्यतै लागे । गोलाकार घेरा बनाएर सबै भुइँमा बसे । सामान्य खाजापानीसहित ‘पञ्चेती’ (गाउँलेको भेला) सुरु भयो । विषय थियो– सबै मिलेर योग्य उम्मेदवार छानौं र एकै ठाउँ भोट दिऔं । तर, कसलाई ? केही घण्टाको बहसमा पनि उनीहरू निचोडमा पुग्न सकेनन् ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरको लोपोन्मुख कुचबधिया समुदाय अति पिछडिएको भए पनि राजनीतिक चेतनामा भने पछाडि छैन । सबै काम सल्लाहमा गर्छन्– भोट हाल्नेसमेत । तर, कुनै मुखियाको उर्दीमा होइन, ‘पञ्चेती’ बसी, सबैबाट पारित गराएर ।
‘सबै पार्टीका नेता आए, भोट मागे । हामीले ठीकै छ भनेर पठायौं,’ चमरिया कुचबधियाले भनिन्, ‘भोट त कसलाई दिने अझै टुंगो छैन ।’ त्यही भएर सबै दलमा यस समुदायको भोट पाउने आस अझै मरेको छैन । निर्वाचन आयोगले तोकेको मौन अवधि लागू भइसकेर पनि उनीहरू विभिन्न बहाना बनाउँदै आउन छाडेका छैनन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: