×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कन्दै नकिनेको सेयरमा जरिवाना ! फरवार्डको फेक कारोवारमा मूल्यवृद्धि !

काठमाडौं । गतसाता मात्र कारोवारका लागि सूचीकृत भएको फरवार्ड माइक्रोफाइनान्सको सेयरको कारोवार अचम्मसँग भयो । करिब १५ हजार कित्ता सेयरको माग रहेको र एक कित्ता पनि बिक्रीमा नरहेको अवस्थामा एकाएक १०० कित्ता सेयरको कारोवार भयो । सुरु कारोवार नै १० प्रतिशत बढाएर १०० कित्ता सेयर खरिद– बिक्री भएपछि धेरैका लागि चासोको विषय बन्यो ।
यो कारोवारमा ४७ नम्बरको ब्रोकर बिक्रीकर्ता र १६ नम्बर ब्रोकर प्राइमो सेक्यूरिटिजको वीरगञ्ज शाखा  रिदकर्ता देखिथ्यो । फरवार्डको आईपीओमा सबैभन्दा बढी आवेदन गर्नेलाई जम्मा २६ कित्ता सेयर परेको थियो । तर, एउटै कारोवारमा १०० कित्ता सेयर बिक्री भएकाले यो कुनै व्यक्तिगत लगानीकर्ताको हैन भन्ने स्वतः पुष्टि भयो । यसमा १० वटा म्यूचुअल फण्डलाई ३÷३ हजार कित्ताको दरले ३० हजार कित्ता सेयर बाँडफाँटल गरिएको थियो । धेरैले अनुमान गरे, म्यूचुअल फण्डले आफुसँग रहेकोमध्ये १०० कित्ता सेयर बिक्री गरिदियो । जम्मा २० करोड चुक्ता पु“जी भएको र ५५ करोड रुपैया त रिजर्भ कोषमा मात्र रहेको फरवार्ड लघुवित्तको सेयर प्रतिकित्ता ४ हजार रुपैया“सम्म पुग्ने अनुमान लगानीकर्ताहरूको थियो । 
तर, प्रतिकित्ता १ हजार ५१ रुपैया“मा १०० कित्ता सेयर बिक्री गरेको देखिएपछि केही अनलाईन मिडियाहरूले ती म्यूचुअल फण्डमाथि कारबाही हुनुपर्ने भनेर समाचारसमेत लेखे । तर, वास्तवमा त्यस्तो थिएन । ४७ नम्बरको ब्रोकरले रु. १०० कित्ता सेयर खरिदका लागि अर्डर गर्दा ‘बाई’को सट्टा ‘सेल’ इन्ट्रि हुन पुगेको थियो । त्यति नै बेला सुरु खरिद आदेश हालेर बसेको १६ नम्बर ब्रोकरको आदेशमा सेयर कारोवार भएको देखियो । तर, वास्तविका रुपमा जुन लगानीकर्ताले सेयर बेचेको रेकर्डमा देखिन्छ, त्योस“ग सो कम्पनीको सेयर नै छैन । यस्तो अवस्थामा कारोवारको क्लोज आउट हुन्छ र गलत कारोवार गर्नेले २० प्रतिशत रकम अर्को पक्षलाई तिर्नुपर्छ । तर, यसमा मिडियादेखि धितोपत्र बोर्डसम्मले हतारमा आफुलाई चुस्त देखाउने प्रयास गरे ।
मिडियाले कुनै एउटा म्यूचुअल फण्डले बदमासी गरेर सस्तोमा सेयर बेचेको दाबी गर्नासाथै धितोपत्र बोर्डले स्पष्टीकरण सोधेर पत्र काट्यो । जबकी कारोवार भएको ३ दिनभित्र राफसाफ गरिनुपर्ने  नियम छ । राफसाफको समयसिमाभित्र सेयर लिने–दिने काम नभएमा हर्जाना तिर्नुपर्ने हो । तर, त्यसअघि नै बोर्डले पत्र काटेर आफैंलाई मूर्ख देखाइसकेको थियो । आखिरमा ब्रोकर कम्पनीका कर्मचारीको मानवीय गल्तीका कारण त्यस्तो भएको थियो । जुन क्लोज आउटमा जरिवाना तिरेपछी सल्टियो ।
तर, यसमा प्रविधिक रुपमा एउटा समस्या भने अझै देखियो । नेप्सेको सिस्टममा सो गलत कारोवारलाई वास्तविक कारोवारका रुपमा देखिएस“गै फरवार्डको सेयर मूल्य पनि बढ्यो । जबकी कारोवार नै रद्द भएपछि त्यो नहुनुपर्ने थियो । वास्तवमा फरवार्ड माइक्रोफाइनान्सको एक कित्ता सेयर पनि नेप्सेमा हालसम्म कारोवार भएको छैन । तर, नेप्सेको वेबसाईटले भने कारोवार भएको देखाइरहेको छ । सुरु कारोवार प्रतिकित्ता १०५१ रुपैया“मा भएको र अब त्यसभन्दा माथि १० प्रतिलशतसम्म बढेर कारोवार गर्न सकिने देखिन्छ । विना कारोवार १० प्रतिशत मूल्य बढाउने अवस्था रह्यो र यसमा ‘सिस्टम इरर’को रुपमा कारोवार बिना नै मूल्य बढाउन सकिने अवस्था देखियो ।
अब जुनसुकै लगानीकर्ताले २० प्रतिशत रकम क्लोज आउटको जरिवाना तिरेको अवस्थामा १० प्रतिशत मूल्य बढाउन सकिने देखियो । यसबाहेक २ वटा ब्रोकर कम्पनी मिलेको अवस्थामा त विना जरिवाना नै रकम बढाउ“दै माथि लैजान सकिने देखियो । अहिले धेरैजसो लघुवित्त कम्पनीहरूको सेयर कारोवार नियमित ह“ुदैन । किनभने सस्तोमा सेयर बेच्न कोही चाह“दैनन् । खरिदकर्ता धेरै भए पनि बिक्रीकर्ता नहु“दा कारोवार ठप्प छ । एक दिनमा १० प्रतिशतको सीमा र एक कारोवारमा २ प्रतिशतको सीमा रहेका कारण बजार मूल्य पुग्नका लागि एक वर्षभन्दा बढी समय लाग्ने अवस्था छ । हालसम्म नेशनल माइक्रोफाइनान्स, आरएसडीसी माइक्रोफाइनान्सलगायतको कारोवार हुनसकेको छैन । मेरो माइक्रोफाइनान्सको सेयर कारोवार सरु भएको डेढ वर्ष हुनैलाग्दा बल्ल कारोवार सहज हुन थालेको छ । मूल्यवृद्धिमा सर्किटका कारण यस्तो समस्या भोग्नुपरेको छ । योबाहेक पनि थुप्रै समस्या बजारमा छन् ।
‘खरिद आदेश पनि दिएको छैन । पैसा त झन् तिर्नै कुरै भएन । तर पनि कुमारीपाटीका गोपाल रेग्मीको डिम्याट खातामा सेयर आएपछि उनी अचम्ममा परे । खातामा भएको सेयर बेच्ने-नबेच्ने दोधारमा पनि छन् । एक मनले भन्छ, ‘फ्रिमा आएको सेयर बेच्दिन्छु ।’, अर्को मनले रोक्छ, ‘बेकारमा फसिने पो हो कि ?’ गएको महिना गुल्मीका सुशील भट्टराईलाई पनि यस्तै भयो । किनेकोभन्दा बढी सेयर आफ्नो खातामा आयो । पछिल्ला दिनहरूमा सेयर बजारमा किनेकोभन्दा बढी सेयर लगानीकर्ताले पाउन थालेका छन् । यो एकपटक वा दुईपटकमात्र भएको छैन, प्रवित्ति पटक–पटक दोहोरिन थालेको छ ।
सेयरको दोस्रो बजारको नियमित कारोबारी हुन् गोपाल । गएको साता दोस्रो बजारमा उनले किन्दै नकिनेको बैंक अफ काठमाण्डूको १००० कित्ता सेयर पाए । अहिलेकै मूल्य लगाउने हो भने पनि उनले फ्रिमा राम्रै पैसा हात पार्छन् । ‘बेच्ने कि राख्ने द्वीविधामा छु,’ उनले भने । सुशील भट्टराईले पनि आफूले किनेको १०० कित्ताको पैसा भुक्तानी गरिसकेका थिए । तर खातामा दुई सय कित्ता सेयर आयो । उनलाई पनि बेचौं कि राखौ भयो । सेयर बेचौं कि बेचौं कि भइरहेका बेला उनको खाताबाट फ्रिमा आएको १०० कित्ता सेयर हरायो। । सेयर रजिष्ट्रार र ब्रोकर कार्यालयको गल्तीले उनले सित्तैमा सेयर पाएका थिए। उनीहरूले आफ्नो गल्ती थाहा पाएर भट्टराईको खातामा भएको सेयर दुई दिनपछि बल्ल खिंचेर फिर्ता लिए । 
बढी आएको सेयर बेचेमा लगानीकर्ताले उल्टो २० प्रतिशत जरिवाना तिर्नुपर्छ । जबकी ब्रोकर र सेयर रजिष्ट्रारले गल्ति गरेका हुन्छन् । खर्च कटौती गरेर उच्च नाफा कमाउन  ब्रोकर र सेयर रजिष्ट्रर कम्पनीहरूले ’इन्टर्न’ का रुपमा भित्र्याएका कर्मचारीमार्फत् सेयर ट्रान्सफर गर्ने काम गर्छन् । तालिम नदिई काममा खटाउ“दा ती इन्टर्नहरूले गल्ती गरिरहेका हुन्छन् । उच्च नाफा कमाउन कम्पनीहरूले इन्टर्न लगाएर गरेको गल्तीको मूल्य भने लगानीकर्ताले व्यहोरिरहनु परेको छ । ‘धेरैजसो सेयर रजिस्ट्रार र ब्रोकरहरूले हिजो आज खर्च कटौती गर्न इन्टर्न कर्मचारी राख्न थालेका छन्,’ एक पुराना ब्रोकरले भने, ‘व्यक्तिगत नाफाका लागि तालिमबीना कर्मचारी लगाउ“दा लगानीकर्ताहरूबाट धेरै गुनासो आएन थालेको छ ।’ कलेजको ’प्राक्टिकल’का लागि आउने यस्ता इन्टर्नहरूलाई खाजा खर्चबाहेक केही पनि दिनु पर्दैन । 
उनीहरूलाई सेयर ट्रान्सफरको काम जिम्मा दि“दा तलबी कर्मचारी अरुतिर खटाउन पाइन्छ । तालिम बीना खटिएका इन्टर्न कर्मचारीस“ग व्यावहारिक तथा सैद्धान्तिक ज्ञान अभाव हुने भएकाले सेवाग्राहीहरूलाई अप्ठ्यारो हुन थालेको गुनासाहरू पनि आउन थालेका छन् । मर्चेन्ट बैंकरहरूमा सानो कामका लागि पनि लामो समय कुर्नुपर्ने अवस्था आउन थालेको छ । धितोपत्रम बोर्डले ब्रोकर कम्पनीका शाखाहरूमा समेत यति योग्यता भएका यतिजना कर्मचारी न्यूनतम हुनुपर्ने भनेर सर्कुलर जारी गरिसकेको भए पनि मर्चेन्ट बैंकर अर्थात् सेयर रजिष्टार कार्यालयहरूमा भने कर्मचारी र सेवाको गुणस्तरबारे चासो दिएको छैन । अहिले आम–लगानीकर्ताले खास दुःख र सास्ती पाउने स्थान भनेको मर्चेन्ट बैंकरहरू नै हो । सेयर बजार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: