×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बर्षौंदेखि भारतीय सिएलाई नेपालमा दिईदै आएको मान्यता खारेज ! शुक्रबार भयो औपचारिक निर्णय !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आइक्यानले आइसीएआइलाई दिंदै आएको मान्यता शुक्रबारदेखि औपचारिक रुपमा खारेज भएको छ । शुक्रबार बसेको काउन्सिलको बैठकमा प्रस्तुत भएको उक्त एजेन्डा उपर छलफल गर्दा बहुमतले उक्त एजेन्डा पास भएपछि बर्षौंदेखि आइसीएआइलाई दिंदै आएको मान्यता खारेज भएको हो । हिजोको मितिले एक बर्षपछि आइसीएआइमा दर्ता हुने विद्यार्थीले नेपालको सदस्यता पाउने छैनन् ।
प्रस्तुत एजेन्डामा  राम प्रवोध शाह, सुनील जाकीबन्जा र भरत रिजालले उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेका छन् भने अन्य सिए, आरए र सरकारी प्रतिनिधिले उक्त निर्णयमा समर्थन गरेका थिए । नेपाल बोर्डबाट नै सिए उतिर्ण गरेका अर्का सिए सुरेश देवकोटा बैठकमा अनुपस्थित थिए । 
बैठकको निर्णय हुने दिन आइक्यानमा खासै विरोध समेत देखिएन । यसअघि तामझामका साथ आइक्यान पुगेका भारतमा सिए अध्ययन गरिरहेका विद्यार्थीहरुले समेत कुनै विरोध नगरेपछि अन्तत: शुक्रबार राती आइसीएआइलाई मान्यता नदिने निर्णय औपचारिक रुपमा खारेज भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: