×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रमशोषण भएको भन्दै जागे अडिट फर्मका ‘आर्टिकल ट्रीनी’हरु ! भन्छन्, ‘महिनाभर काम गरेर पाएको ३००० टोक्नु कि बोक्नु ?’

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अडिट फर्ममा काम गर्ने ‘आर्टिकल’हरुले स्टाइपेन्डका नाममा आफुले पाउने पारिश्रमिक निकै कम भएको भन्दै नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा धर्ना दिएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था अन्तर्गत सिए पढिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) को आयोजनामा विद्यार्थीहरु धर्नामा बसेका हुन् ।
साथै उनीहरुले आफ्नो पारिश्रमिक बढाईनु पर्ने, आइक्यानका कर्मचारीहरुको व्यवहार सुध्रीनुपर्ने लगायत १८ बुंदे माग समेत पेश गरेका छन् । आफ्नो मागको सम्बोधन नभए असार १ गते आइक्यानमा तालाबन्दी गर्ने चेतावनी समेत संगठनले दिएको छ ।
अहिले नियामक निकाय आइक्यानले अडिट फर्ममा आर्टिकल गर्ने सिए विद्यार्थीहरुलाई पहिलो बर्ष न्यूनतम ३००० दोश्रो बर्ष ४००० र तेश्रो बर्ष ५००० रुपैयाँ दिनुपर्ने व्यवस्था गरेको छ । तर बर्षौं अगाडीको यो रकम अहिलेसम्म पनि उही छ । केहि अडिट फर्महरुले केहि रकम बढाएर तेश्रो वर्ष ८००० रुपैयाँसम्म दिने गरेको पाइएपनि अधिकांस अडिट फर्ममा आइक्यानले तोकेको शुल्क नै विद्यार्थीले पाउने गरेका छन् ।
‘महिनाको ३००० रुपैयाँले त बसको भाडा र खाजा खर्चपनि पुग्दैन ।’ धर्ना बस्न आइक्यान पुगेका एक विद्यार्थी भन्छन्, ‘एउटा लेबरले अहिले दिनको ८०० सम्म लिने गरेको छ । अनि लेखापरीक्षण गर्न हाम्रो पारिश्रमिक महिनाको ३००० न्यायोचित भयो र ?’ उनका अनुसार बर्षौंदेखि आइक्यानले उक्त शुल्क बढाएको छैन । 
यता सिएहरुको भने यसमा मिस्रित प्रतिक्रिया छ । केहि सिएहरु विद्यार्थी समयकाल भएकाले यसलाई सिकाइको रुपमा लिनुपर्ने र पैसालाई खास महत्व दिन नहुने बताउंछन् भने केहि सिएहरु भने आर्टिकल ट्रेनीहरुको पारिश्रमिक निकै कम भएको स्वीकारछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: