×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इलाम घुम्दा छुट्ला है सुन्दर ‘ढापपोखरी’ ! (फोटो फिचर)

  • बिनय तिम्सीना
इलाम – जिल्लाको उत्तरी क्षेत्रमा रहेको ढाप पोखरी पछिल्लो समयमा पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । साविकको जमुुना गाविस हाल सन्दकपुुर गाउँपालिका ५ मा रहेको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण पर्यटन विकास समितिले निर्माण गरेको सो पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको अध्यक्ष विप्लब भट्टराईले जानकारी दिए । मानव निर्मित सो पोखरी बिक्रम संवत २०७१ सालबाट बाँध बानेर पानी जम्मा गर्न शुरु गरिएको हो । पानी जम्ने सामान्य सिम भएको ठाउँमा पानी जम्मा गरेर पोखरीको रुप दिन सकिने सम्भावना देखेपपछि स्थानीय जमुनाबासीको सक्रियतामा पोखरी निर्माण गरिएको हो । 
चन्द्रपाल थेवेली जमुना र सुलुवुङ जोड्ने माइखोलामा पुल निमाण गरेर पुलको मर्मत सम्भार गर्नको लागि ढापमा चैते धान खेती गरिने ५ रोपनी खेतको गुँठी बनाइदिएका थिए अहिले स्थानीयको अनुरोधमा उनका पनातीहरुले सो जग्गा ढापलाई दिएको चन्द्रपालका पनाती भिम थेवे वताउँछन् । इलामका पर्यटनविध युद्ध वैद्यका अनुसार जमुना पर्यटकीय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण छ यहाँ नेपालमा मात्र नभएर विश्व वाटै लोपहुन लागेका चराचुरुङ्गी, पुतली र जिवजन्तु पाइन्छन् ।
जमुनाका स्थानीय कुमार गुरुङ भन्छन् जमुनामा हाँगेथाम, चोयाटार जस्ता धेरै हेर्न र घुम्न लायक ठाउँहरु छन् त्यसमा ढापपोखरीले एउटा नया खुड्कीला थप्ने काम गरेको छ । पोखरीले आकार लिन थालेसँगै यहाँ पर्यटकको आगमनमा समेत बृद्धि भएको स्थानियवासी वताउँछन् । २४ जना ब्यक्तिको जग्गामा बनाइएको पोखरी अहिले सुन्दर र पर्यटकको आर्कशणको केन्द्र बनेको छ । ढापमा पोखरीको निमार्ण भए सँगै पोखरी भन्दा तलतिरका वासिन्दालाई पानीको समस्य हुन छोडेको पनि स्थानीयको भनाई छ । 
वरीपरि हरियो चियाबगान, धुुपी, सल्ला तथा स्थानिय जातका बोटविरुवाले पोखरीको सौन्दर्यतामा अझ बृद्धि गरेको छ । नजिकै रहेको चोयाटार जङ्गलमा लज्जालुु प्राणी रेडपाण्डा, अनी जिल्लाकै सवैभन्दा अग्लो स्थान सन्दकपुर जाने पर्यटकका लागि समेत सो पोखरी आकर्षणको केन्द्र बन्दै जाने पर्यटकहरु वताउँछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: