×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वर्गसरी सुन्दर इलामको पानीटार, मनमोहक चिया बगानले नलोभ्याउने को होला र ? (फोटो कथा)

  • विनय तिम्सीना
इलाम- सदमुकामबाट मेची राजमार्गको १७ किलोमिटर यात्रा गरेर नेपालटार मंगलबारे सडक हुँदै गाग्रेभञ्ज्याङ सम्मको ११ किलोमीटर बाटोबो यात्र गरेर २ किलोमिटर कच्ची सडक पार गरे पछि एउटा स्वर्गको टुक्रा झैँ लाग्ने सुन्दर ठाउँ पुगिन्छ । इलामको पश्चिमी गाविस जीतपुर र देउमाई नगरपालिकामा पर्ने पानीटार थुम्का थुम्का डाँडामा हरियाली चिया बगनले जो कोहीको पनि मनै लोभ्याउने गरेको छ । मेची पहाडी क्षेत्र पर्यटन विकास पर्वद्धन समितिको सहयोगमा दृष्य अवलोकनका लागि गोल घरहरुको निर्माण गरिदै छ । पानीटार चियाबारीको थुम्कोहरुमा वसेर इलाम, झापा, मोरङ सुन्सरी र पाँचथरको अवलोकन गर्दै भारतको दार्जिलीङ, पश्चिम वंगालको अवलोकन गर्न सकिन्छ । 
नेपाल चिया विकास निगमको चियाबारी र स्थानीय वासिन्दाको चियाबारीले ढाकेको पानीटार पुगे पछि साच्चीकै स्वर्गको अनुभुति गर्न सकिन्छ । इलामको कन्याममा भन्दा शान्त र मनोरम वातावरण भएको पानीटार नेपालको पर्यटनकोलागि उत्कृष्ट गन्तव्य हुन सक्छ । पानीटारमा खान वस्नको त्याती राम्रो व्यवस्था नभए पनि नजिकै भएका घरहरुमा होमस्टेको व्यवस्था भने रहेको छ ।
हिउँदको समयमा अन्तरीक पिक्नीक स्पोट भएको पानीटरमा मायालु जोडिहरुको डेटिङ स्पोट भने राम्रो भएको स्थनिय वताउँछन् । पानीटारका चियाबारीका थुम्का थुम्का भउकोले प्रेमजोडीहरुलाई एकान्त ठाउँ प्रयप्त छ । नव विवाहीत जोडीको लागि पनि यो उत्कृष्ट हनिमोयन स्पोट वन्नेको छ । थुम्का थुम्का डाँडामा हावा सँगै आकाशवाट आएर जमिन छुने हुस्सुले त झन मनै लोभ्याउने दृष्य देखिन सकिन्छ । पानीटारमा स्थानीय दुई चार घण्टा घुम्नकोलागि भने धेरै पर्यटक अउने गरेका छन । कहिले काही विदेशवाट चियाबारी र चियाखेतीको अवलोकन गर्न पनि पर्यटकहरु आउने गरेका छन् । तर प्रसार प्रचारको अभावमा घुम्नैका लाग भनेर विदेशी पर्यटक भने खासै नआउने स्थानीय दावा तामाङ वताउँछन्  । 
पानीटार मात्र हैन जीतपुरमा पर्यटक आर्कशनका लागि नजिकै रहेको अजम्वरे डाँडा, झ्याउ पोखरी जस्ता प्रसिद्ध ठाउँहरु पनि रहेको छ इलामको पश्चिमी व्यापारीक केन्द्र मंगलबारे बजार नजिकै रहेको पानीटार घुम्न जानको लागि नेपाको उत्कृट गन्तव्य वन्न सम्छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: