इलाममा यस्तो अचम्म : एउटै पदमा सासू-बुहारीको प्रतिस्पर्धा
Powered by Blogger.
इलाममा यस्तो अचम्म : एउटै पदमा सासू-बुहारीको प्रतिस्पर्धा

  • अर्थ सरोकार सम्बाददाता 
इलाम - स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा विभिन्न रोचक घटना घटेका समाचार आइरहेका बेला इलाममा पनि त्यस्तै रोचक प्रतिष्पर्धा हुने भएको छ । इलामको सन्दकपुर गाउँपालिका-१ मा एउटै पदका लागि सासूबुहारीको उम्मेदवार बनेका छन् ।

उक्त गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेका तर्फबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यता एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परेपनि आ-आफ्नै तरिकाले चुनावी अभियानमा लागेको सासु-बुहारीकै भनाइ छ ।


Published Date : Friday, June 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...