×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्वाईँले जेठानलाई एक मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक !

धनकुटा – स्थानीय तहको निर्वाचनको अपडेट देशभरबाट आइरहेका बेला धनकुटामा भने रोचक घटना घटेको छ । माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर आफ्नै जेठानलाई एक मतले हराएर बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजय हासिल गरेका हुन् । विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्रबहादुर सारु मगरले ४९८ मत पाएका छन् । उनीहरु साइनोमा ज्वाईँ जेठान हुन् । 
अझ रोचक घटना त के छ भने जित्ने उम्मेदवारका लागि श्रीमतीको भोट निर्णायक बनेको छ । एउटै पदका लागि आफ्ना श्रीमान र दाई उठेपछि कृष्णकुमार मगरकी श्रीमती तथा इन्द्रबहादुर सारुमगरकी बहिनीलाई कसलाई भोट हाल्ने भनेर निकै दिन दोधारमा परेका थिए । तर अन्तिममा उनले श्रीमानलाई भोट हालेपछि कृष्णकुमार मगरको जित सुनिश्चित भएको बताइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: