×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सम्पादकसँग कुरा नमिल्दा ‘कारोबार’मा बबण्डर ! अनलाइन टिमले दियो सामुहिक राजिनामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय अनलाइन मिडियाहरुको बाढीनै आएका बेला अनलाइनमा कर्मचारीहरुको अभाव भएको चर्चा चलीरहंदा लोकप्रिय मिडिया कारोबारमा भने सम्पादक र कर्मचारीबीच कुरा नमिल्दा बबण्डर मच्चिएको छ । सम्पादकले अनलाइनमा आफ्नो पार्टी निकट समाचारलाई बढी स्थान दिन पटक-पटक प्रेसर गरेको भन्दै कारोबार डेली डटकमका पत्रकारहरुले सामुहिक राजीनामा दिएका छन् । बुधबार दिउँसो २ बजे राजीनामा दिएर उनीहरु घर फर्केका छन् ।
कारोबार डेली डटकममा काम गरिरहेका पत्रकार ज्ञानेन्द्र खड्का र शोभित थपलियाले अनलाइन छोडेका हुन् भने कारोबारमा ‘अंग्रेजी समाचार’ संयोजन गर्ने एक महिला पत्रकार बुधबारनै रिपब्लिका हानिएकी छिन् ।
यसो त अनलाइनमा कुन पार्टीको समाचार कति दिने भन्ने विषयमा कारोबारमा किचकिच भएको हिजो मात्र होइन । कुबेर चालीसे सम्पादक भएर आएदेखिनै पत्रिकामा कांग्रेसनिकट समाचारहरुलाई बढी जोड दिईएको कारोबारभित्रकै केहि असन्तुष्ट कर्मचारीहरु बताउँछन् । खड्का र थपलियाले कारोबारको अनलाइन छोडेपछि अहिले कारोबार अनलाइनमा काम गर्ने कर्मचारीको खोजीमा छ । खड्का र थपलिया जनता टेलिभिजनको अनलाइन सम्हाल्ने गरी आजैबाट नियुक्त भैसकेको विशेष स्रोतले जनाएको छ । 
यता कारोबारमा कर्मचारीको विषयलाई लिएर समेत आन्दोलन चलिरहेको छ । सम्पादक परिवर्तन गरिरहने कुरामा नाम चलेको कारोबारले अन्य मिडियाबाट निकालिएका सम्पादकलाई पत्रिकामा स्थान दिएपछि पत्रिकाको गुणस्तर खस्किएको एक पक्षको आरोप छ भने अर्को पक्षले पत्रिकामा पूराना प्रवृतिका पत्रकारहरु हुँदा समस्या परेको र नयाँ सम्पादकको कार्यक्षमता हुँदा हुँदै काम गर्न नसक्ने अवस्था आएको आरोप लगाउने गरेको छ ।
कारोबारमा आ- आफ्ना गुटका आ-आफ्ना कुरा चलिरहेका बेला कन्टेन्ट भने केहि खस्किएको विश्लेषण गर्न थालिएको छ । केहि दिन अगाडी नेपाल बैंक लिमिटेडका सीईओले सर्वाजनिक रुपमै कारोबारले आफुले भन्दै नभनेको कुरा लेखेको भन्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेपछि कारोबार विवादमा तानिएको थियो । कन्टेन्ट कमजोर भएका कारण ग्राहकले रुचाउन छोडेपछि कारोबारले विवादित चन्द्रागिरीको टिकेट र बिग्रेको घडी उपहार दिएर नयाँ ग्राहक बनाउने काम गरिरहेको सरोकारवालाहरु आरोप छ ।
कारोबारले ग्राहक बनाउँदा दिएको घडी कतिसम्म कमसल छ भन्ने तथ्य सहितको समाचार हामी आगामी अंकमा प्रस्तुत गर्दैछौं । केहि दिनअघि अर्थ सरोकार डटकमले कारोबारको २ बर्षको ग्राहक बन्दा पाएको दुइवटा घडी ७ दिन नपुग्दै बिग्रिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: