पत्रकार कोइरालाले तीन बर्षदेखि बालिकालाई बलात्कार गरेको पुष्टि, जेल जाने निश्चित !
Powered by Blogger.
पत्रकार कोइरालाले तीन बर्षदेखि बालिकालाई बलात्कार गरेको पुष्टि, जेल जाने निश्चित !


काठमाडौं -१० कक्षामा पढ्ने १५ बर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेका पत्रकार केदार कोइरालाले बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई उनले तीन बर्षदेखि लगातार बलात्कार गरिरहेको पुष्टि भएको हो । बलात्कार गरेको अरोपमा पत्रकार कोइराला पक्राउ परिसकेका छन् ।

बयानका क्रममा पत्रकार कोइरालाले  सुरुमा जर्बजस्ती गरेको र पछि त्रासमा राखेर लगातार गर्ने गरेको  बयान बालिकाले प्रहरीलाई  दिएकी थिइन् । उनले बलात्कार गरेको पुष्टी भएपछि अव उनी जेल जाने निश्चित भएको छ।‘कोइरालाले बलात्कार गरेको सबै अनुसन्धानबाट पुष्टि भएको छ’ एक प्रहरीका अधिकारीले भने, ‘अब कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्छ । अदालतको आदेशसँगै उनी जेल जाने निश्चित छ ।’

बलात्कारबाट बालिका गर्भवति भएपछि त्यसको तीन महिनापछि मात्रै घटना बाहिर आएको हो । प्रहरीको अनुसन्धानबाट पुष्टि भएकाले अब कारवाहीको प्रक्रिया अगाडी बढ्ने स्रोतले बताएको छ । पीडित बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्थामार्फत महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दरखास्त दिएपछि कोइरालालाई पक्राउ गरिएको हो ।


Published Date : Thursday, June 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...