×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमालेबाट स्थानीय चुनाव जितेका प्रतिनिधिलाई राजीनामा माग्दै ओली ! के हो रहस्य ?

नेकपा एमालेले स्थानिय निकायको पहिलो चरणको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीबाट राजिनमा निर्देशन दिएको छ । एमालेले स्थानीय तहका प्रमुख उपप्रमुख र वडाअध्यक्ष जस्ता कार्यकारी पदमा जितेकाहरुले पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने नीति ल्याउने लागेको भन्दै सबैलाई तयारी अवस्थामा रहन भनेको छ ।
एमाले अध्यक्ष ओलीले सबै प्रतिनिधिलाई राजिनामाको निर्देशन सर्कुलर गर्न मातहत नेताहरुलाई भनिसकेका छन् । देशको प्रदेश नम्बर ३ बाट नवनिर्वाचित महानगर,उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिन सोमवार प्रदेश कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले यस्तो निर्देशन दिएका हुन् ।
स्थानिय निकायको निर्वाचनमा एमालेबाट निर्वाचित भएका कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार, अनियमितता वा कानुन विपरित काम गरेमा पार्टीले कुनै हालतमा संरक्षण नगर्ने माधवकुमार नेपालले बताए ।
‘राम्रो काम गर्नेको उच्च मूल्यांकन हुन्छ,अर्को पटक झन् माथिल्लो पदमा टिकट दिइनेछ ,नराम्रो काम गर्नेलाई पार्टीले दण्डित गर्छ, एमाले भन्दैमा संरक्षण हुँदैन’ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो र पार्टीको हित हुने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आह्वान पनि गरेका छन् ।
सो प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले भने – एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र गाउँ तथा नगर कमिटीका धेरै पदाधिकारीहरु स्थानीय तहको प्रमुख उपप्रमुखमा निर्वाचित भएका छन् । अब उनीहरुलाई जनप्रतिनिधिको भूमिकामै बढि केन्द्रित गर्न पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने गरी छलफल भइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: