×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – महिन्द्राको कम्प्याक्ट् एसयूूभी महिन्द्रा केयूभी १०० KUV100 गाडीहरुको नयाँ मोडल नेपाल भित्रिएको छ । नेपाल भित्रिएको महिन्द्राको यो नयाँ मोडलको गाडी सानदार भएको चर्चा चलीरहँदा यो गाडी किन्नुअघि जान्नैपर्ने केहि तथ्यहरु हामी तपाइँलाई प्रस्तुत गर्दैछौं । नेपाली बजारमा कुल २६९५००० पर्ने यो गाडीलाई गाडीको सौखिनहरु निकै चासोका साथ हेरेका छन् । यो गाडीले आकर्षक SUV स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत गरेको छ । यसको डिजाइन महिन्द्राकै एक्सयूभी ५०० बाट उत्प्रेरित भएको हो । गाडी हेर्दा निकै सानदार लाग्छ । 

यसकारण तपाईंलाई मन पर्न सक्छ गाडी :
गाडीको क्याबिन धेरैले ‘राम्रो’ भनेका छन् । गाडीको इन्टेरियर निकै सुन्दर छ । ‘गियर सिफ्ट क्वालीटी’ निकै राम्रो छ । शहरमा गुडाउन निकै राम्रो यो गाडी ‘सिटि’ फ्रेन्ड्ली छ । पावर र इको, दुईवटा ड्राइभिङ मोड भएको यो कारको लम्बाइ ३६७५ मिमि, चौडाइ १७१५ मिमि र उचाइ १६५५ मिमि छ । यसको ह्वील बेस २३८५ मिमि छ भने ग्राउण्ड क्लियरेन्स १७० मिमि छ । २४३ लिटरको बुट क्षमता भएपनि यसलाई ४७३ लिटरसम्म बढाउन सकिने यो गाडीमा रहेको केयूभी १०० डिजेल इन्जिनको अधिकतम शक्ति ७७ बीएचपी, टर्क १९० एनएम र पेट्रोलको अधिकतम शक्ति ८२ बीएचपी र टर्क ११५ एनएम छ । समग्रमा एक्लै अफिस जान, आउन वा एक जना साथीलाई अगाडी राखेर घुम्न जान यो गाडी निकै सानदार छ । केयूभी १०० सुन्तले, रातो, सिल्भर, सेतो, खरानी, कालो र एक्वामरिन गरी ७ रंगमा उपलब्ध छ । यी रंगहरु मन पर्नेहरुका लागि यो गाडी निकै सानदार लाग्न सक्छ।यस्ता कारणहरुले तपाईंलाई यो गाडी निकै नै मन पर्न सक्छ । 

यसकारण तपाईंलाई मन नपर्न सक्छ यो गाडी !
यो गाडी सानदार लागेपनि ‘ओभर स्टाइलिङ’ भएको धेरैको गुनासो छ । साइड प्रोफाइल ‘वाएर्ड’ भएकाले यो गाडीलाई नरुचाउनेहरुको संख्यापनि बढ्दै गएको छ । हाइवेमा गाडी चलाउँदा इन्जिनमा ‘पन्च’को अभाव महसुस हुन्छ । यो गाडीको ह्यान्डलिङ, एनभीएच र ब्रेकिङ राम्रो छैन । गाडीको इलेक्ट्रिक स्टेरिङ गतिलो छैन । नराम्रोसँग ‘क्यालीब्रिटेड’ गरिएकाले गाडीको स्टेरिङ धेरैलाई मन नपराएको बताएका छन्। गाडी स्पीडमा हुँदा स्टेरिङको भार निकैनै ‘इन्कन्सिटेन्ट’ भएको प्रयोगकर्ताहरुको गुनासो छ । अर्को नराम्रो पक्ष भने यो गाडी ६ सिटर होइन । गाडीमा बस्ने पोजिसन सहि छैन । बालबालिकाका लागि यो गाडी निकैनै असुरक्षित छ । तपाईं आफ्ना बालबालिकाहरुलाई लिएर कतै घुम्न, स्कुल पुर्याउन वा आफ्ना बच्चाहरुलाई चढाएर कतै जाने सोचमा हुनुहुन्छ भने यो गाडी तपाईंलाई ठिक हुँदैन ।


राम्रो छैन किनेपछीको सर्भिस
महिन्द्राको सर्भिसनै गतिलो नभएको आरोप नेपालमा मात्र होइन भारतमा पनि छ । यो गाडी किनिसकेपछीपनि सर्भिस र बिग्रिएका सामान किन्न सजिलो छैन । गाडीका पाठपूर्जामा ठगिने गरेको गुनासो धेरैको छ । औसत मूल्यभन्दा ६०० % सम्म बढी लिएर गाडीको पाठपूर्जा बेच्ने गरेको गुनासो यसअघि महिन्द्राका गाडीहरु चढ्नेहरुको गुनासो छ । यो गाडी किनिसकेपछी सानो कुरा बिग्रिदापनि ठूलो खर्च हुने र नेपालको परिप्रेक्षमा गाडीका समानहरुमा निकै कालोबजारी हुने गरेको गुनासो आएका बेला किनेपछीको सर्भिस र गाडीका पाठपूर्जामा हुने लुट हेर्ने हो भने यो गाडी नाकिन्दा राम्रो हुने जानकारहरु बताउँछन् ।

यसअघि नेपाली कम्पनी बदनाम छ !
यसअघि भारतले असुरक्षित भनेको गाडी नेपालमा विक्री गर्ने कम्पनी ‘अग्नि इन्टरकर्पाेटेड प्रालि’ ले नै यो गाडी नेपालमा विक्री वितरण गरिरहेको छ । यसअघि भारतमा प्रतिबन्धित स्कोरपियोको गाडी बेचेर बदनाम भएको कम्पनीले भारतका असुरक्षित गाडीहरु नेपालमा महँगोमा बेचेर थुप्रै नेपालीहरुलाई ठगेको आरोप लागेको थियो । यसअघि नेपालका विभिन्न नेताहरुले यो असुरक्षित गाडी चढेको भन्दै यसको ठुलै चर्चा भएको थियो ।  स कुरा त के छ भने यो गाडी असुरक्षित भएको थाहा पाएपछी नेकपा एमालेका नेता केपी शर्मा ओलीले यो गाडी चलाउन छोडेका थिए ।
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: