लगानीकर्ता संघको आह्वान '१०:३० बजे धितोपत्र बोर्डमा आउनुहोस्, सबै मिलेर ब्रोकरको रबैयाको विरोध गरौँ'
Powered by Blogger.
लगानीकर्ता संघको आह्वान '१०:३० बजे धितोपत्र बोर्डमा आउनुहोस्, सबै मिलेर ब्रोकरको रबैयाको विरोध गरौँ'

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - कारोबार नै बन्द गरेर सेयर लगानीकर्ताको लगानी गर्ने अधिकारमाथि धावा बोल्ने सेयर दालालहरुका विरुद्ध सेयर लगानीकर्ता संघ नेपालले धीतोपत्र बोर्डमा १०:३० बजे आउन सबै लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।

'अव पनि विरोध नगर्ने हो भने बजारलाई ब्रोकरहरुले जे पनि गर्ने भए । 'संघका सचिव हरिश दाहालले अर्थ सरोकार डटकमसँग भने, 'सबै लगानीकर्ता आज १०:३० बजे धीतोपत्र बोर्डमा जम्मा भएर आन्दोलन गरौँ । ब्रोकरहरुको रबैयाको विरोध गरौँ ।'

उनका अनुसार ब्रोकरहरुले आइतबार पनि कारोबार बन्द गरे कुनैपनि खालको आन्दोलनको लागि पनि लगानीकर्ताहरु तयार हुनुपर्ने बताए । 'बजारलाई ध्वस्त बनाउने खेलमा ब्रोकरहरु लागिरहेका छन् । यो आम लगानीकर्ताहरुका लागि किमार्थ स्वीकार्य छैन र हुँदैन । हामी सबै मिलेर यो कदमको विरोध गर्नुपर्छ ।' उनले भने ।

        


Published Date : Friday, June 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...