×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमेन्द्र सिंह राठोरकै एरियामा दोश्रोपटक फिल्मी शैलीको डकैती ! बैंकबाट निस्केका ग्राहकको ३२ लाख रुपैयाँ लुटियो !

काठमाडौँ – काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुटिएको छ । बैकबाट पैसा झिकेर फर्किन लाग्दा बाइकमा आएका दुई जनाले पैसा लुटेको महानगरीय वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ । एनएमबी बैंकबाट पैसा निकालेर फर्कंदै गर्दा पैसा लुटिएको हो । 
बा ८२ प ४५२५ नम्बरको कालो पल्सर बाइकमा आएका दुई युवाले पैसा लुटेर फरार भएका थिए । नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको रकम लुटिएको हो। अझ अचम्मकोकुरा त के छ भने यो एरियामा यसअघिपनि यस्तै फिल्मी शैलीको डकैती भएको थियो । जसलाई अहिलेसम्म प्रहरीले समाउन सकेको छैन । प्रहरी प्रशासनभित्र ‘सिंघम’ भनेर चिनिने सोमेंद्र सिंह राठोरकै एरियाबाट यस्तो डकैती भएपछि स्थानीय समेत अचम्ममा परेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: