×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् काठमाडौँमा दिनदहाडै ३२ लाख लुट्ने लुटेराहरु (नामावलीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शुक्रबार काठमाडौं महानगरपालिका-२९ म्हेपीमा ३२ लाख लुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद ४ लाख १७ हजार, २ थान मोटरसाइकल, १ थान सुन जस्तो देखिने धातुलगायतका सामाग्री बरामद गरेको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ का २० वर्षीय अञ्जान थापा र ७ का २२ वर्षीय सरोज श्रेष्ठ, गुल्मीका ३३ वर्षीय लक्की पुरी, बाग्लुङ गल्कोटका २८ वर्षीय तारा बोहोरा भन्ने झम्कबहादुर बोहोरा, गोरखा आरुघाट गाउँपालिका-८ का २३ वर्षीय सिजन अधिकारी, गोरखा नगरपालिका-२ का सन्तोष बोहोरा छन् ।
घटनाका मुख्य आरोपी शम्भु पाण्डे र सुनील महर्जन अझै फरार छन् । सुनचाँदी व्यवसायी सुनसरीका नन्दकुमार विश्वकर्मालाई १ किलो सुन ३२ लाखमा बेच्ने भन्दै पैसासहित गोंगबुको गेष्टहाउसमा बोलाएको र आउँदै गर्दा म्हेपीस्थित आशिर्वाद कलेज नजिकै दुई मोटरसाइकलमा आएको समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: