×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सत्तापक्षको ‘चम्चागिरी’ गरेको भन्दै एमालेद्वारा प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध महाअभियोगको तयारी !

  • अर्थ सरोकार सम्बाददाता 

भरतपुर – भरतपुरमा पुन: मतदान गर्ने निर्णय गरेपछि विपक्षी नेकपा एमालेले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवमाथि महाअभियोग दर्ताको तयारी गरेको खुलासा भएको छ । यसका लागि संसदहरुको हस्ताक्षर संकलन कार्यक्रम सकिएको समेत बताईएको छ ।

एमाले विशेष स्रोतले दिएको जानकारी अनुसार  हस्ताक्षर संकलन कार्यक्रम लगभग सकिएको छ । ‘प्रमुख निर्वाचन अधिकृतले सत्ता  पक्षको चम्चागिरी गरे । यसको उनले ठूलो मूल्य चुकाउनुपर्छ ।’ एमालेका एक नेताले भने ।  

यता एमालेले भरतपुरको रोकिएको मतगणना तत्काल अघि बढाउन माग गर्दै आएको छ । सोही माग राखेर एमालेले व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्र्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: