'बैंकिङको अहिलेको दिशा र बैंकरहरुको जिम्मेवारी'
Powered by Blogger.
'बैंकिङको अहिलेको दिशा र बैंकरहरुको जिम्मेवारी'

  • मनोज ज्ञवाली 
भनिन्छ कुशल नावीकको परिक्षा हुरी बतास चलेको बेलैमा हुन्छ । लगभग ७.८ महिनामा नेपाली बैंकिङले जेजस्तो मोडहरु लिईरहेको छ, र हामी स्टियरिड़ हाथमा भएका बरिष्ठ बैंकरहरुले जेजस्तो क्रियाकलाप गर्देछौ, अनि नियमनकारी निकायले हर कुरामा लगाम लगाउनै पर्ने स्थीति सिर्जना गर्दैछौ, आफूलाई रोक्न खोज्दाखोज्दै पनि केहि कुरे राख्दैछु। सम्बद्द जिम्मेवार प्रोफेसनलहरुको हरुको ध्यान जावस् ।

कसरी सुरु भयो समस्या ?
१. बैंकरहरुले जीडीपी को 'ग्रोथ रेट' र डिपोजिटको 'ग्रोथ रेट'लाई बिर्सेर यो बर्षको कर्जा र निक्षेप बृद्दिको रणनिति बनाए । कर्जामा भएको 'एग्रेसिभ ग्रोथ'लाई दिपोजोतको ग्रोथ रेटलाइ 'म्याच' गर्न सकेन । अनि निक्षेपमा चाप पर्दै गयो । सरकारी खर्च नहुनुले समस्या झन् बल्झियो । निक्षेप तानातान प्रतियोगितासंगै निक्षेपको ब्याजदर दिन दिनै बढ्दै गयो । नेपालको सजीलो बैंकिंड़; जतिले निक्षेपको ब्याज बढ्यो त्योभन्दा अझै थपेर कर्जाको ग्राहक बाट असुलीयो । कर्जा लिनेको जे सुकै होस् बैकिड़को मुनाफामा असर परेन । बैंकहरु मच्चिंदै ब्याजदरमै प्रतिस्पर्धा गरेर निक्षेप तान्न थाले । कर्जा लिने ग्राहकहरु RM, BM को मा दिनभरी लाईन लागेर कराउन आएपनि ब्रामेहरुले थम्थमाउदै व्यबस्थापन गरे । माथिको हाकिमहरुले त्यो किचकिचको झमेला धेरै सहनु परेन । ब्याजदरमा प्रतिस्पर्धा चली ह्यो ।

२. बैकहरुले saving deposit र call deposit को ब्यराजदरमा १२, १३ गुणासम्म अन्तर पारे saving deposit को rate 1% त call deaposit को rate 13%-14% सम्म । अति गरेपछि राष्ट्र बैकले निर्देशन जारी गर्नुपर्यो । फेरी साथीहरुले call deposit को नाम थर परिवर्तन गरी flexible FD, Structured FD, सजीलो FD बनाए । राष्ट्र बैकले फेरी निर्देशन जारी गर्नुपर्यो ।

३. बैकर्स एसोसियसनमा भद्र सहमति १२% सम्म निक्षेपमा ब्याज दिने भनेर अफिस फर्केपछि १३ देखि १४.१ % सम्म 'बिड' गरेर बैकहरुले डिपोजिट ताने । १२ % हाल्ने विचराहरु हेरेको हेर्यै भए । अनि अर्को 'बिड' झोकै झोकले १३ % माथि बिड गर्नु सामान्य भयो । राम्रै भनीने बैकहरुले समेत १४% माथि बिड गरेर निक्षेप उठाकै छन् । बिकास बैक र फाईनान्स ले कति बिड गर्नु ?

४. यति मारामार गरेर निक्षेप तान्दा नी बैकहरुले ४ गुणा पूँजी बृद्दिसंग म्याच हुनेगरी टार्गेट गरेको, न निक्षेप पुग्यो न कर्जा । नाफा त ७ % मा दिएको कर्जालाई १४ %- १५% गरिदिए बैकहरुले। बोर्ड सदस्यहरुको किचकिच नाफामात्रै भनेर हुन्छ, खै कर्जा बढेको अनि खै ब्यापार बढेको । खप्की खाईसकेपछि व्यवसाय बढाउने अरु के उपाए छ त ल ALCO बोलाउ बढाईदेउ ब्याजदर भकाभक । एउटाले ब्याज बढायो, अनि छाप्यो पत्रिकामा या हाल्यो फेसबुकमा, अर्को दिन पुरा बैकिड़मै उसैको बढेको ब्याजको चर्चा अनि लौ हामीले बढाएन भने सब हाम्रो निक्षेप उसैले लान्छ जस्तो सबको ALCO मा भकाभक ब्याज बृद्दिको निर्णय ।

५ . पूँजी बृद्दिको लागि मर्जर वा प्राप्तिको सहायता लिएको भए पुँजीसंगै व्यबसाय पनी बढ्ने अवस्था हुन्थ्यो भने संचालन खर्चपनि घट्थ्यो । पुँजी बजार राम्रै भएको बेलामा आएको यो निर्देशनलाई पालना गर्न धेरै अग्राधिकार शेयरको बाटो रोजे अनी २८ वटा बाणिज्य बैकमा एउटापनि घटेन । पुगेन भनेर FPO अश्त्रसमेत आयो बजारमा।

यसरी एकाएक बढाईएको ४ गुणा पूँजी बृद्दिमा एकै बर्षमा उहि प्रतिफल वा हाराहारी प्रतिफल दिन खोज्ने व्यबसायिक रणनिति तयार गरी संचालक समितिबाट पास गराउन खोज्दा सोच्नुपर्ने थियो, सोचिएन । एउटा गल्ती भइसक्यो, अव जबरजस्ती व्यापार वृद्दि गर्ने जिद्दि पूरा गर्न बैकहरुले लिएका निर्णयहरु:

  • निक्षेपको ब्याजदर भकाभक बढाएर निक्षेप तान्ने । 
  • निक्षेपसंग सम्बद्द फि अनि चार्ज जे छ सबै छुट दिने: चाहे त्यो FD लाई premature फिर्ता दिन होस् चाहे आफ्नै लागत रु.25 को हाराहारी पर्ने ASBA फि लाई फ्रि गर्न होस् । 
  • निक्षेप ल्याईदिए वापत केहि रकम बराबरको कर्जा निक्षेप ल्याईदिने दलालको सिफारिसवाला मान्छेलाई दिने ।
  • नगद या जिन्सिमा उपहार दिदै निक्षेप संकलनमा दौडिने ।
  • कर्जाको ब्याजदर अनापसनाप जसलाई जति बढाउन सकिन्छ बढाउने।
  • अन्य
समाधान के हुन सक्छ ?

१ . पूँजीबृद्दि ४ गुणा भयो भन्दैमा व्यबसाय बृद्दि सोहि अनुपातमा गर्ने गरी बजेट लिएर संचालक समितिमा पारित नगराउं । ब्यबसाय वृद्दिको रणनिति बनाउंदा समग्र क्षेत्रमैमै deposit growth कति हुन सक्छ सो कुराको Analysis गरेर मात्रै गरौ ।

२. एकैचोटि ४ गुणा पूँजीबृद्दि हुँदा, EPS र DPS उहि maitain हुन सक्दैन । बैकको शुरुको बर्षहरुमा EPS र DPS कति थियो review गरौ र सोहि अनुसारको वजेट तयार पारौ अनी संचालक समितिलाई convince गरौ ।

३. अनाप-सनाप निक्षेप ब्याजदरको बढाबढ गरेर आफूनि आत्तीने अनि अरुलाईनि अत्याउने प्रतियोगितामा भाग नलीउँ । १२% मै लिएको निक्षेपको लागत CRR, SLR र liquidity ratio लाई maintain गर्दा हिसाब गर्नुस त १५% हुन्छ । रु. १०० निक्षेप लियो भने बढिमा रु. ८० कर्जा दिन पाउने हो ।१३%,मा निक्षेप लिदा १६.२५ % लागत पर्न जान्छ । यो लागतको निक्षेप लिएर कर्जा कुन दरमा दिने ? हिसाब गरौ ।

४. आफ्नै लागत रु. २५ लाग्ने ASBA charge free गर्ने, FD को prematured withdrawl मा penalty नलिने, FDको ब्याजदर १३% छाप्ने अनि विड गर्दा १४% माथिमा गर्ने, यति गर्दापनि आफ्नो नाफा नघटाउन ७%-८% मा फकाई-फकाई लिएर आएको कर्जाको ग्राहकको ब्याजदर १५ प्रतिशत -१६ प्रतिशत पुर्याउदा कहिलेसम्म तिर्छ ? बैकरहरुले गरेका सबै अविवेकी निर्णयहरुको penalty बिचरा कर्जा ग्राहकको टाउकोमा बोझ हालिदियो भने default rate बढ्छ । सोच्नु पर्यो ।

५ .बैकिड़ पनी अरु ब्यबसाय जस्तै ब्यबसाय हो यसैले सधै एकनास मुनाफा बढिरहनु पर्दछ भन्ने छैन । एक बर्ष नाफा कम भए आकास झर्दैन । यो बेला ग्राहकको विश्वास जितौ सधैलाई हुन्छ सोचेर अघि बढ्नुपर्यो ।

यसैले १३%-१४% मा निक्षेप उठाउदै ब्यबसाय बृद्दिको Target पुर्याउन नलागौ । यो निर्णयले मुनाफामा सकारात्मक असर हुदैन भने रिस्क बढ्दै जान्छ । बरु यो बेलाको समयलाई निम्न काममा सदुपयोग गरौ:

  • #कर्जालाई regularize गरौं । NPA र NBA व्यबस्थापन मा समय दिउँ ।
  • #Internal policies, mannual र system लाई review गरौं अनी समय सापेक्ष बनाउदै अघि बढौं।
  • # कर्मचारीहरुको Training & development मा जोड दिंउ।
  • # Internal control system लाई review गरौं र operational risk लाई mitigate गर्ने policies हरु develop गरौं।
  • # Feasible ठाँउमा शाखाहरु खौलौ र Retail deposit मा Focus गरौं।
  • #Marketing Team को skill develop गरौं।
  • # Stable र कम जोखिम सहितको Business strategy बनाऊँ
आंधी बेहरीमा आत्तियो भने ज्यान जान्छ । संयमित हुनु पर्यो अनी सबै सुरक्षित भईन्छ। आफू सक्षम भएर बसौ। स्थानिय निकायको पहिलो चरणको निर्वाचन भैसकेको छ, बजेट गाँउ गाँउ पुगेको यसैले खर्च हुन्छ। Economic acrivities नि बढ्छन् अनी स्थीती सामान्य हुन्छ फेरी व्यवसायको आकार बृद्दि तर्फ लागौला नी। हुदैन?

हाम्रो जिम्मेवारी आफू कार्यरत संस्थासंग मात्र होईन बैकिड़ Industry र समग्र अर्थतन्त्र संग छ। हाम्रो जिम्मेवारी बैंकर र बैकिड़को साखलाई माथिल्लो स्तरमा राखिराख्न नि छ।
जिम्मवार बनौं, सफल हौँ ।
शुभेच्छा!

(लेखक ज्योति बिकास बैंकका डेपुटी सीइओ हुन्)

प्रकाशित मिति : Friday, June 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...