अव छिट्टै नै काठमाडौँका धारामा आउनेभो मेलम्चीको पानी ! ९० प्रतिशत काम सकियो
Powered by Blogger.
अव छिट्टै नै काठमाडौँका धारामा आउनेभो मेलम्चीको पानी ! ९० प्रतिशत काम सकियो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - धेरै समयको प्रतीक्षापछी अन्तत काठमाडौँबासीले मेलम्चीको पानी चाख्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको छ भने पानी प्रसोधन र पाइपलाइनको कार्यक्रम अन्तिम चरणमा रहेको बुझिएको छ ।

मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीलेका अनुसार ९० प्रतिशत काम सकिएको छ । आयोजनाको २७ किलोमिटर सुरुङमध्ये २३.८किलोमिटर खनेर सकिएको छ । अब सुरुङ खन्न ३.२ किलोमिटर मात्रै बाँकी छ ।

'छिट्टै नै काठमाडौँबासीले मेलम्चीको पानी पिउन पाउँछन् । सुरुङ खन्ने काम अहिले चट्टानमा आएर अलि गाह्रो भएको छ । स्थानीय तहको निर्वाचनले पनि काम केहि ढिलो भयो । तर अव छिट्टै काम सकिनेछ ।' अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । 





Published Date : Friday, June 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...