×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रचण्डको बिदाइका झण्डै रोएनन् मुख्यसचिव ! जाँदाजाँदै भने – उहाँजस्तो राम्रो मुलुकमै कोही छैन

मुख्य सचिव डा. सोमलाल सुवेदीले जाँदाजाँदै प्रधानमन्त्री प्रचण्डकाे गजब प्रशंसा गरेका छन् । प्रधानमन्त्रीको बिदाइमा सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा सुवेदीले प्रचण्ड राजनेता भएको भन्दै उनको जस्तो नेतृत्व क्षमता भएका नेता मुलुकमा अहिलेसम्म काेही नदेखेकाे बताए ।
‘प्रचण्डमा जस्तो राजनीतिक क्षमता र काम गर्ने इच्छाशक्ति अरु नेतामा देखिन । मैले मुलुकमा चार जना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएँ’, सुवेदीले भने, ‘उहाँको जस्तो लिडरसिप क्वालिटी र इच्छाशक्ति भएको नेता अरु पाइन ।’ सुवेदीले नेपालको स्टेटमेनसिप प्रचण्डको हातमा रहेको भन्दै उक्त क्षमता थप वृद्धि हुँदै जाओस् भन्दै शुभकामना दिए ।
‘यो देशको स्टेटमेनसिप तपाईंको हातमा छ । यो स्टेटमेनसिप अझै बढ्दै जाओस् । सबका सब मान्छेहरुलाई नेतृत्व गर्नसक्ने हैसियत अझै बढोस् । यहाँबाट जाँदै गर्दा मेरो शुभकामना छ’, सुवेदीले भने । 
सुवेदीले प्रधानमन्त्रीबाट हटेपछि पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मागर्दन र निर्देशन पाइराख्न आग्रह पनि गरे । उनले प्रचण्ड नेतृत्वमा हुँदासम्म कोही पनि कर्मचारीले असुरक्षित महसुस गर्नुनपर्ने पनि बताए । कार्यक्रममा साँच्चिक्कै भावुक बनेका सुवेदि झण्डै राएनन । प्रचण्डसँग काम गर्दा आफ्नै अभिभावकसँग काम गरेको अनुभव हुने समेत उनले सुनाए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: