यसकारण म्युचुअल फन्डले सेयर बजार सन्तुलनमा राख्न सक्दैन (हेर्नुहोस् तथ्यांकसहित)
Powered by Blogger.
यसकारण म्युचुअल फन्डले सेयर बजार सन्तुलनमा राख्न सक्दैन (हेर्नुहोस् तथ्यांकसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल १० वटा म्युचुअल फन्डहरु सूचीकृत छन् । पछिल्लो तथ्यांक अनुसार यी म्युचुअल फन्डले कुल १२ अर्ब ५३ करोड ३० लाख ४० हजार २३० रुपैयाँ सम्पति व्यवस्थापन गरेका छन् ।  नेप्सेको पछिल्लो बजार पुँजीकरण १८ खर्ब ७६ अर्ब ९६ करोड ७० लाख रुपैयाँलाई आधार मान्दा म्युचुअल फन्डहरुको यस्तो लगानी हिस्सा देखिएको हो । यो नेप्सेको बजार पुँजीकरणसँग तुलना गर्दा ०.७% मात्र हुन आउँछ । यसैगरी, फ्लोट बजार पुँजीकरणसँग म्युचुअल फन्डहरुको सम्पति तुलना गर्दा १.९% मात्र हुन आउँछ । अर्थत कुल फ्लोट बजार पुँजीकरणको १.९% मात्र म्युचुअल फन्डको सम्पतिले ओगटेको छ । हाल नेप्सेको कुल फ्लोट बजार पुँजीकरण ६ खर्ब ४६ अर्ब ४ करोड ५० लाख रुपैयाँ हाराहारीमा छ । 

सबैभन्दा धेरै सम्पति व्यवस्थापन गर्नेमा नबिल ब्यालेन्स्ड फन्ड परेको छ । नबिलको कुल सम्पति १ अर्ब ८६ करोड ६६ लाख ७५ हजार रुपैयाँ छ । यसैगरी, एनआइबीएल समृद्धि फन्ड १ र सिद्धार्थ इक्विटी आरियन्टेड स्किम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । समृद्धि फन्डको कुल सम्पति १ अर्ब ९८ करोड ९३ लाख २४ हजार रुपैयाँ छ भने इक्विटी ओरियन्टेड स्कीमको कुल सम्पति १ खर्ब ५५ करोड १६ लाख ९८ हजार रुपैयाँ छ । बजारलाई गति दिन म्युचुअल फन्डहरु महत्वपूर्ण मानिन्छन् ।



Published Date : Sunday, June 4, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...