×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा बुझेर लगानी नगरे ‘बाह्र छोरा तेह्र नाती… बुढाको धोक्रो काधै माथि !’ भनेझैं होला नि !

  • नवराज घिमिरे , लगानीकर्ता / विश्लेषक 
सेयर बाजारमा दूरदृष्टि र दिर्धकालीन सोचाइको महत्व हुन्छ । वित्तीय अवस्था राम्रो भएको कम्पनी छनोट गर्नु उत्तम हुन्छ । अध्यायन , अनुसन्धान र सेयर बजार सम्वन्धी लेख रचनाका साथै विभिन्न पुस्तकहरु अध्ययन गरेर लगानी गर्ने हो भने निश्चित रुपमा यो बजारबाट ठूलै नाफा हात पार्न सकिन्छ । सेयर बजारमा लगानी गर्दा नियमित र अनुशासित भएर लगानी गर्नु पर्छ । सेयरको मूल्य घटेको वेलामा किन्ने र वढेको वेलामा वेच्ने गर्न पर्छ । मासिक आम्दानीको केही हिस्सा सेयर किन्न लाई छुट्याउने गर्नु अझ वुद्धिमानी हुनेछ ।
यदि सन्तुलित ढंगको वजार छ तर आफुले किनेको कंम्पनी २० प्रतिशत भन्दा मूल्य तल झर्यो भने Average मिलाउदै लानु पर्छ । अझ वजार घटदै घटदै ५० प्रतिशत भन्दा मुनि गयो भने अन्य क्षेत्रको लगानी घटाएर यसै क्षेत्रमा लगानी वढाउदा अझ राम्रो हुन्छ । यो अन्तराष्ट्रिय सिध्दान्त पनि हो । किन भने सेयर वजार घट वढ भै रहने वजार हो , घट्यो भने अवश्य वढछ र वढ्यो भने अवश्य घटछ ।
सेयर बजार भनेको डर र लोभको वजार हो । लगानीको वेला डर र लोभको सिमा निर्धारण नगर्ने हो भने यो वजारमा पछुताउनु पर्ने पनि हुनसक्छ । सवै मानिसको वित्तिय रुपमा सुरक्षित हुने चाहना हुन्छ । जस्तो कि नेपालीमा उखान छ ” वाह्र छोरा तेह्र नाती बुढाको धेक्रो काधै माथी ” भनेझै के थाहा जीवनको उत्तरार्धमा ति भएका छोरा नातीले नहेर्न पनि त सक्छन नी ! 
जसरी हामिले छोरा नाती लाई गाँउ वाट सहर ल्याएर पढाए जस्तो उनिहरुले आफ्ना सन्ततीलाई विदेशी भुमिमा त लगेर नपढाउ भनि भन्न सकिदैन । तेस्तो बेलाको लागी पनि सेयर वजारको लगानीले हामिलाई ” बैशाषी” को रुपमा काम दिन सक्छ । आफ्नो जीवन लाई चिन्तामुक्त बनाउन पनि आजै बाट सेयर वजारमा लगानी गर्ने वानी वसाल्नु राम्रो हुने देखिन्छ ।
कुनै पनि क्षेत्रमा लगानी गर्न पूँजीको आवश्यक्ता पर्छ । त्यसैले आफ्नो वलियो आम्दानीको स्रोत नहुदा सम्म सम्पूर्ण रकम सेयर वजारमा लगानी गर्नु पनि त्यति वुध्दिमानी ठानिदैन । आफुलाई छ महिना देखि वर्ष दिन सम्म पुग्ने अनुमानित वजेट छुट्याएर वाकी रकम सेयर वजारमा लगानी गर्ने हो भने अताल्लियर सेयर वेचिहाल्नु पर्ने पनि हुदैन । 
यदि हामीले लगानी गरेको रकमवाट मुनाफा आई रहेको छ भने अव त्यो मुनाफाको सवै रकम सेयरमा लगानी नगरी वचत पनि गर्नु वेस हुनेछ । किन की सेयर वजार भनेको हाम्रो अनुकुलमा नचल्ने हुन्छ । हामि विमारी हुन सक्छौ । त्यस्तो अवस्थामा सेयर वेचेर उपचार गरौ भने मूल्यमा गिरावट आएको पनि हुन सक्छ । त्यसैले उक्त अवस्थाको समेत मूल्याडकन गर्न जरुरी हुन्छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: