×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नविल बैंकमा ‘विद्रोह’को आगो, बढुवामा ‘बदमासी’ भएपछि कर्मचारी आन्दोलनमा, सीईओको यस्तो रबैया !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बढुवामा बदमासी भएको भन्दै नबिल बैंकमा कर्मचारीहरु आन्दोलनमा छन् । बढुवामा चित्त नबुझेका कर्मचारीहरुलाई सीईओले भेट्न नमानेपछि बैंकमा विद्रोहको आगो बलेको हो । बिगत एक सातादेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरु मंगलबार देखि अनशनमा छन् । बैंकका ४०० हाराहारी कर्मचारीको हस्ताक्षर सहित ५ जना कर्मचारी अनशनमा बसेका छन् । गत असोजमा भएको आन्तरिक बढुवाको परिक्षाको नतिजा अहिलेसम्म ननिस्किएको, साना र ठूला तहका कर्मचारीबीच बैंक उच्च ब्यवस्थापनले भेदभाव गरेको लगायतका आरोपहरुपनि बैंकका कर्मचारीहरुले लगाएका छन् । 
यता बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु) ले बैकका प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेख्दै नबिल बैंकका कर्मचारीमाथि भएको कारवाही फिर्ता लिनसमेत माग गरेको छ । अझ खास कुरा त के छ भने संघले पत्रको वोधार्थ राष्ट्र बैंकका गभर्नर, वागमति अञ्चल श्रम कार्यालयदेखि बैंक सञ्चालक समितिसम्मलाई दिएको छ । तर कर्मचारीहरु आफ्नो ज्यानको बाजी थापेर आन्दोलनमा रहंदासमेत बैंकको नेतृत्वले  ‘टेड-पुच्छर’ लगाएको छैन ।  
सीईओको यस्तो रबैया 
बैंकमा कर्मचारीहरु आन्दोलनमा रहंदापनि बैंकका सीईओ भने कानमा तेल हालेर बसेका छन् । बैंकका कर्मचारी प्रति कुनैपनि खालको सम्बोधन उनले गरेका छैनन् भने बढुवाको परिक्षाको नतिजा किन आएन भन्ने कुरामा समेत उनले चासो देखाएका छैनन् । आन्दोलनका बारेमा बुझ्न खोज्दा उनी हामीसँग समेत सम्पर्कमा आउन चाहेनन् । यता कर्मचारीहरुले व्यवस्थापन असक्षम भयेअको भन्दै राजीनामाको माग गर्दै आन्दोलन गरिरहेका छन् । 

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: