यस्तो उजुरी परेपछि रोकियो नेशनल हाइड्रोपावरको सेयर कारोबार !


  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ - नेशनल हाइड्रोपावर कम्पनीविरुद्ध उजुरी परेपछि नेपाल धितोपत्र बोर्डले  उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । उजुरी परेपछि छानविन प्रक्रिया अगाडी बढेको छ । धीतोपत्र बोर्डले बोर्डले नेप्सेलाई  उक्त हाइड्रो कम्पनीका सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा अनुसन्धान गर्न भन्दै सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको हो ।

यसअघिपनि यो कम्पनीमा निकै विवादहरु थिए । विभिन्न विवादका कारण बेला बेलामा यो कम्पनी चर्चामा आउने गरेको छ । यसपालीपनि कम्पनीमाथि छानविन गरी पाउँ भनी उजुरी परेपछि कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

  
प्रकाशित : Tuesday, June 20, 2017

recent

Popular Posts