×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘जव पर्यो राती अनि बुढी ताती’ भनेझैं गरेर हुन्न है ! लगानीकर्ताले यी कुरा सधैं बुझीराख्नू !

  • नवराज घिमिरे :- लगानीकर्ता / विश्लेषक 
परा पूर्वकालदेखि  चलीआएको प्रचलित उखान हाम्रो सेयर वजारमा हुवहु मेल खाने गर्छ ।’ जव पर्यो राती, तव वुढी ताती !’ हामी लगानिकर्ताको मनस्थिति यो उखानकै शैलीमा सिकार हुने गरेको छ ।  बजार घट्दा हामी चुपचाप लागेर वस्छौ । जव  बजार बढ्न थाल्छ अनि तै छाड कि मै छाड गरेर किन्न कुदछौ । व्रोकर अफिसको झ्यालमा भिड लगाउन थाल्छौ । विचरा ति कर्मचारी हैरान हुन्छन् । 
चारैतिरबाट मलाई यो कम्पनी किनिदिनु, बढ्न थाल्यो, अव धेरै वढछ भन्नेको भीड हुन्छ । ति कर्मचारीलाई थल खाउ की भात खाउ जस्तो पार्छन । यो प्रकृया विलकुलै गलत हो । किनकी जव बजार घटिरहेको हुन्छ, के राम्रो के नराम्रो सवै समुहको सेयरको भउ घटिनैरहेको हुन्छ । मैले वारम्वार भन्ने गरेको तथा म स्वयंमले गर्ने गरेको केहो भने जव-जव वजार घटेर रगताम्मे हुन्छ , उक्त समयमा कागले वर्षायाम लाई खानेकुरा जोहो गरेर राखे जस्तो गरि थोरै थोरै गरेर जोहो गर्दै जानुपर्ने हुन्छ ।
हामी सेयर बजारबाट धेरै सफल हुन नसक्नुको पछाडी यो प्रवृति हावी भएरपनि हो । हामि के चाहन्छौ भने आज खरिद गरेको सेयर भोलि नै बढी हालोस् । अनि तुरुन्तै बेचीहालौ र नाफा ‘बुक’ गरिहालौ । जवसम्म यो सोचाईबाट माथि उठ्न सक्दैनौ, हामीले सेयरबजारबाट पनि पैसा बनाउन सक्दैनौं । जसरी हामी करेसावारीमा मुला , साग , काउली वा गोलभेडा रोप्छौ, यि तरकारीपनि खान योग्य हुन दुइ महिना त कुर्नै पर्छ । हामीले धान , मकै,गहुँ , कोदो , वा फापर यि अनाज पनि रोपेर कमसेकम छ महिना त कुर्छौनि ! पाकेर भित्र्याउन् । 
अझ सुन्तला, लिची, आँप , कटहर , अम्वा वा कागतीपनि त रोपेपछी तीनदेखि  पाँच वर्ष कुर्छौ । यस्तै सोचौ न हामी सेयरलाईपनि , सेयरचाहिं किन आजको भोलिनै फाईदा आईहालोस्  भनेर सोच्ने ? आई हाले त राम्रै भयो । यदी फाईदा आयन भने नवेचि एक वर्ष पनि अडन सक्दैनौ भने भो त्यो काम आजै वाट छोडौ र अर्को कुनै काम खोजेर गरौं । सेयर किन्दा हामि हैसियत विर्सने गर्छौ ।
आफुसँग एक लाख छ भने हामि सकि-नसकी पाँच लाखको सेयर किन्छौ । किनकी दुई चार दिनमा सेयर वढी हाल्छ वेच्छु र तिर्छु भनेर ! तर विडम्वना हामीले सोचेभन्दा उल्टो दिसामा बजार चल्न थाल्छ । लगातार केही दिन वजार घटेको घट्यै हुन्छ । अनि हामी अताल्लिन्छौ । र, घाटै खाएर पनि सेयर वेच्न थाल्छौ । अनि सेयर वजारलाई धारे हात लाउदै यो जुवा घर हो, मैले यति जुवा खेलें अव मलाई त्यो वजार जानु छैन भन्छौ । यो सरा सर गलत हो। 
भोलिपनि पूँजी वजारमा यो प्रवृति नदोहोरीएला भन्ने छैन । किनकी स्थानीय तहको दोस्रो निर्वाचन हुने प्राय: निश्चित भईसकेको छ । तराईको असन्तुष्ट दलहरुपनि आफ्नो घोषणा पत्र बनाउनतिर तल्लिन भईरहेका छन । लगत्तै सरकारपनि फेरिदै छ । यि कुराबाट पक्कैपनि पूँजी वजारमा ऊर्जा मिल्ने प्राय: निश्चित छ । 
अन्तमा मैले भन्न खोजेके के हो भने अताल्लिएर सेयर किन्नै पाईन्न की जसरी सेयर खरिदपनि नगरौ र किनेको सेयर गुनद्रुकै हुने भो भनेर सस्तोमा फाल्दै नफालौ । तलाई हेर मलाई हेर ठाऊ हेर वेला हेर भन्ने उखान लाई व्यवहारमालागि सेयर कारोवार गरौं । वृहत अध्ययन गरौं । सोध खोज गरौ र वुझेर मात्र यो वजारमा प्रवेश गरौं । यसैमा सवैको भलाई छ । पक्कै पनि अहिलेको थोरै थोरै लगानीले वुढेसकालको पक्कै पनि गतिलो सहारा वन्नेकुरा नकार्न सकिदैन ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: