×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१३ अर्व बुझाउनुअघि एनसेलको त्यो आकस्मिक बैठक ! चुडामणिको चिन्तादेखि प्रचण्ड-महराको चर्चासम्म!


  • अर्थ सरोकार  इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ – चुडामणि शर्मालाई शुक्रबार अख्तियारले समातेपछी आन्तरिक राजश्व विभागमा जसरी भुइँचालो गयो, त्योभन्दा ठूलो भुइँचालो गयो, एनसेलमा । लामो समयदेखि कर विवादमा परेको एनसेलमा सबै कुरा मिलाइदिने चुडामणिनै अख्तियारको फन्दामा परेपछि एनसेलमा के गर्ने भन्ने विषयमा अन्यौल भयो । शुक्रबार राती नै आकस्मिक बैठक बस्ने कुरा भएपनि आजियाटा कम्पनीले शनिबार आकस्मिक बैठक बसी के गर्ने भाह्न्ने विषयमा जानकारी पठाउनु भन्ने आदेश दियो । सोहि अनुरुप शनिबार ‘लन्च’ सहितको बैठक बस्ने निर्णय भयो । र अन्तत: शनिबार विहान एनसेलका उच्च तहको बैठक बस्यो । 

त्यो बैठक, जहाँ यस्तो कुरा चल्यो !
‘बैठक चुडामणि समातिए, अव के गर्ने भन्नेबाट सुरु भयो ।’ बैठकमै उपस्थित भएका एक सहभागी भन्छन्, ‘बैठकमा दुइ थरी कुरा उठ्यो । एकथरीले केहि दिन कुरौं भन्ने आवाज उठाए । एनसेलको कर छल्नका लागि ठुलै लगानी भइसकेकाले अहिले तत्काल हतार नगर्न सुझाव दिईयो । बैठकमा पुन: यस विषयमा विवाद भयो । स्थिति असामान्य भएकाले अहिलेका लागि सम्पूर्ण कर तिरेर अगाडी बढौं भन्ने राय आयो ।’ उनका अनुसार यसअघि अव कर नतिर्ने र अदालत जानेसम्मको निर्णय भएको थियो । त्यसका लागि आवश्यक वकिल, र राजनीतिक सेटिङ समेत भइसकेको थियो । तर एक्कासी शर्मा समातिएपछी स्थिति बदलियो ।
आन्तरिक राजश्व विभागका महानिर्देशककै जोडबलमा एनसेलमा जागिर खाएका उनका भाईले स्थिति केहि फरक भएको ब्रिफिङ गरे । ‘सरकार ढलिसकेको छ । यहिबेला दाजु समातिनुभएको छ । जे पनि हुन सक्छ । सल्लाह गरेर अगाडी बढौं ।’ उनको यो कुरा सक्किन नपाउँदै बैठकका अर्का सहभागी बोले, ‘कर तिर्नु नै थियो भने यत्रो मेहेनत किन गर्नुपर्थ्यो ?’ कर प्रकरणका कारणनै एनसेलका सीईओले राजीनामा दिएको स्मरण गर्दै उनले कुनैपनि हालतमा कर नतिर्ने भन्ने अडान रकहियो । एनसेलको उक्त बैठकमा एक सुलसुलेले कुरा ल्याए । ‘केहिगरी अख्तियारले आफैं एनसेलमाथि हस्तक्षेप गरेर छानविन सुरु गर्यो भने के गर्ने ?’ कुरा गम्भीर थियो । लामो समय बैठक चल्यो । कर तिर्नु हुँदैन भन्नेहरु आफ्नो अडानमै रहे । अहिले कर तिरौं र व्यापार राम्रो बनाउं भन्नेहरुले पनि आफ्नो तर्क राखे ।
राजनीतिक सेटिङमा थुप्रै पैसा खर्च भइसकेको भन्दै अव के गर्ने भन्ने विषयमा ठुलै चर्चा चल्यो । कसैबाटपनि निर्क्योल नआएपछी अव के गर्ने भन्ने अन्तिम निर्णय आजियाटासँग सोध्ने निर्णय भयो । आजियाटासँग बैठकमा उठेका सबै कुरा छलफल गर्दा आजियाटाबाट निर्देशन आयो, ‘हाम्रो तर्फबाट यति हो भन्दै अहिलेका लागि १३ अर्व तिरौं । बाँकी बार्गेनिङ आफैं मिलाउनुहोस् ।’ आजियाटाबाट नै यस्तो निर्णय आएपछी आजियाटाको भागमा त्यतिनै परेको भन्दै १३ अर्व तिर्ने सहमति भयो । 

प्रचण्ड र महरासँग तीब्र असन्तुष्टि !
बैठकमा प्रचण्ड र महरासँग पटक पटक गरिएका भेटघाटको कुनै तुक नभएको निष्कर्ष निकालियो । समय र परिस्थितिले सबै कुरालाई उल्टो बनाएकाले अहिले कर तिरौं भन्ने निष्कर्ष निकालियो । यहि कुराले निकै ठुलो बबण्डर मच्चिएको एनसेलमा अन्तत कर तिर्ने सहमति भयो । बैठकमा प्रचण्डका पूराना दिनहरुको पनि चर्चा चल्यो । अनौपचारिक रुपमै प्रस्तुत भएका केहिले उ बेलामा प्रचण्डको टाउकोको मोल तोक्ने शेरबहादुर अहिले सँगै हिडिरहेका छन्, यो सबै समयको माग रहेछ भनेर कुरा पनि राखे । 
आफुलाई भोलिका दिनमा चुडामणि शर्मा चाहिने भन्दै उनको चिन्तापनि खुब भयो बैठकमा । एनसेलका केहि उच्च तहकै कर्मचारीले पनि कर तिर्ने कुरामा असन्तुष्टी जनाए । कतिपयले प्रचण्ड र महरासँग ठुलो गुनासो पोखे बैठकमा । तर स्थिति असामान्य भएको भन्दै आजियाटाले गरेको निर्णय नै मान्ने कुरा भयो । अन्तत: आइतबार १३ अर्व भन्दाबढी कर तिरियो । एनसेलले अझै १० प्रतिशत कर तिर्न बाँकी छ ।

चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?

एनसेल सम्बन्धी यी समाचार छुटे कि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: