×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसेलले ल्यायो ‘वानप्लान’, सुलभ दरमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक

काठमाडौं। एनसेल प्राइभेट लिमिटेडले सुलभ दरमा गुणस्तर सेवा प्रदानगर्ने आफ्नो प्रतिबद्धता बमोजिम आकर्षक साप्ताहिक ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् । 
बिहीबार (असार ०१) देखि लागु हुने वानप्लान प्याक एनसेलका सबै पि्रपेड र पोष्टपेड ग्राहकका लागि मान्य हुनेछ । यसका साथ-साथै यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीतसंगीतको मजा लिन सक्नेछन् । वानप्लान योजनाअन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार वानप्लान १५०, वानप्लान ३०० र वानप्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् ।
वानप्लान १५० प्याकमा ग्राहकले एक हप्ताको प्याक रु १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेट एसएमएस सेवाको मजालिन सक्नेछन् । त्यस्तै वानप्लान ३०० अन्तर्गत ग्राहकले रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन् । त्यसैगरी, ग्राहकले वानप्लान ५०० अन्तर्गत मात्र रु ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । वानप्लान योजनाअन्तर्गत कुनै पनि प्याक सुचारु गरेका ग्राहकले एक हप्तासम्म योण्डर म्युजिकमा निःशुल्क अनलाइन गीतहरुको मजा लिन सक्नेछन् ।
योण्डर म्युजिक एप १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु सहित२ करोडभन्दा बढि गीतहरु समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो । उल्लेखित वानप्लान प्याकका शुल्कहरु सबै कर सहित हुन् र प्याक सुचारु भएको दिन देखि एक हप्ताको लागि मान्य हुनेछ ।
”डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोधन गर्नका लागि हाम्रा ग्राहकहरु माझ यी कम्बो प्याकहरु ल्याउन पाउदा हामी खुसि छौं । यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्टि्रक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंगे्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकहरु जति पटक पनि कुनै पनि वानप्लान प्याक सुचारु गर्न सक्नेछन् ।
प्याक अन्र्तगतप्राप्त सेवाहरु एक हप्ताको समयसिमा भित्रै प्रगोग गरी सक्नुपर्नेछ । यो अफर लागु भएको दिन देखि ३० दिनको लागि मान्य हुनेछ । थप जानकारीका लागि ग्राहकले १७१२३ मा कल गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: