×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ आईजीमा सुरु भयो चलखेल !

काठमाडौं । अदालतमा बिचाराधिन मुद्दाको कारण प्रहरी महानिरिक्षक (आईजीपी) प्रकाश अर्याल कै पद धरापमै रहेको अबस्थामा दश महिना पछि आईजी बन्न तीन एसएसपीको दौड सुरु भएको छ । त्यसको लागी एसएसपी रमेश खरेल, सर्बेन्द्र खनाल र पुस्कर कार्की यतिबेला आफू अनुकुल बाताबरण सिर्जना गर्न लागि परेका छन । नेताको चाकडी नगरी आईजी नहुने प्रमाणित भएपछि उनिहरु अहिले माहोल आफ्नो पक्षमा पार्न लबिङमा जुटेका छन् ।
डिआईजी नबराज सिलवाललाई तत्कालिन प्रधानमन्त्री पुस्पकमल दहाल र काग्रेस सभापति शेरबाहादुर देउवाले “शहिद” बनाएको कुरालाई आत्मासाथ गर्दै तीन एसएसपी अहिले प्रचण्ड र देउवा मनाउने प्रयासमा छन् ।उता कार्यसम्पादन मूल्याकन पनि बढुवाको लागि मुख्य बिषय बनेपछि गृहमन्त्री र आईजीलाई खुशि पार्न पनि तीन एसएसपी लागि परेका छन् । एसपीबाट एसएसपी बढुवा हुँदा एक नम्बरमा रमेश खरेल, दोस्रोमा सर्बेन्द्र खनाल, तेस्रोमा राजेन्द्रमान श्रेष्ठ थिए । पुस्कर कार्की भने उनिहरु बढुवा भएको दुई महिना पश्चात सिंगल बढुवा भएका थिए । तर अहिले एसएसपी श्रेष्ठ बिरामी भएपछि उनी खरेल र खनालसँगै बढुवा हुने लाईनमा छन् । पूर्ब आईजी उपेन्द्रकान्त अर्याल गुटमा रहेका कार्कीलाई लोकमानसिंह कार्कीदेखि हालका आईजी प्रकाश अर्याल र पूर्ब एआईजी नबराज ढकालको समेत सहयोग र समर्थन रहेको चर्चा प्रहरी भित्र छ । अपराध महाशाखामा हुँदा उल्लेखनिय काम गरेतापनि खनालले गरेको कामले कार्कीको काम ओझेलमा परेको थियो ।
सर्बसाधारणको नजरमा सेलिब्रेटीका रुपमा चिनिएका एसएसपीद्धय खरेल र खनालमध्ये एक आईजी हुने सम्भाबना बढी छ । तर नेताको मनपरी तरिकाले आफू अनुकुल आईजी बनाउने परिपाटीका कारण कार्की पनि आईजी नहोलान भन्न सकिन्न । दुई बर्षदेखि बिदेशमा रहेका कार्कीलाई आईजी बनाउने योजना मुताबिक राष्ट्रपतिबाट पदक समेत दिलाउने काम भएको उनकै व्याचीहरु बताउँछन् । बढुवामा पदकको समेत नम्बर जोडिने हुँदा ईतिहासमै बिदेशमा हुँदा कसैले नपाउँने पदक पाएपछि उनको चर्चा बढी चुलिएको हो । 
उता कार्कीलाई नभए खरेललाई आईजी बनाउने तर खनाललाई कुनै पनि हालतमा आईजी बन्नबाट रोक्नु पर्छ भन्दै अर्याल एण्ड कम्पनी लागि परेको स्रोतको दाबी छ । डिआईजी सिलवाल झै खनाललाई पनि “सहिद” बनाउने खेलमा अहिले आईजी प्रकाश अर्यालदेखी पूर्बआईजी उपेन्द्रकान्त अर्याल जोडतोडले लागि परेको स्रोत बताउँछ । उता आईजी प्रकाश अर्याल आफ्ना ब्याचीलाई बढुवा नगरी घर पठाउने लाईनमा रहेको आरोप लाग्न थालेको छ । डिआईजी जयबहादुर चन्दलाई एआईजी बनाउना साथ कुनै पनि दिन कुर्सी छाड्नु पर्ने बाध्यात्मक सहमतीको कारण तर्सिएका अर्याल तत्काल डिआईजी बढुवा नर्गेन सोचमा छन् । त्यसकारण उनले माथिको बढुवा फाईल अगाडि नबढाई तल्लो स्तरबाट बढुवा सुरु गरेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: