×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर हबको योजनामा सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यकम सम्पन्न, लागानीकर्ताले पाए ‘लगानी-मन्त्र’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर बजार सम्बन्धी विभिन्न तालिम र कार्यशालाहरुको आयोजना हुने क्रम बढीरहेका बेला सेयर बजार तालिमका लागि चर्चित संस्था नेपाल सेयर हबले समेत एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वर्तमान समयमा नेपाली पूँजी बजारको अवस्था र यससम्बन्धी विविध पक्ष सम्बन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल शेयर हबको कार्यालय कुमारीपाटीमा शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरुको उल्लेखनीय उपस्थिति थियो भने कार्यक्रममा पूर्व गर्भनर, बैंकर, शेयर लगानीकर्ता र यससम्बद्ध विज्ञहरुले सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए । 

कसले गरे कस्तो अन्तरक्रिया ?
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले आगामी आर्थिक वर्षका लागि आउन लागेको मौद्रिक नीति र त्यसले शेयर बजारमा पार्न सक्ने असर बारे चर्चा गरेका थिए भने लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले पछिल्लो शेयर बजारको अवस्था र लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने विविध विषयका बारेमा चर्चा गरेका थिए । उक्त कार्यक्रममा ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले शेयर बजारमा ब्याजदरले पारेको प्रभाव बारे आफ्नो भनाई राखेका थिए भने लगानीकर्ता छोटेलाल रौनियार शेयर लगानीकर्ता संघका महासचिव नवराज सुबेदी लगायत अन्य वक्ताले पूँजीबजारको आवश्यकता, यसको पछिल्लो अवस्था र लगानीकर्ताले लगानी गर्दा ख्याल गर्नुपर्ने पाटा पक्ष र नियामक निकाय लगायत समग्र पूँजी बजारका बारेमा आफ्नो धारणा राखेका थिए । सो कार्यक्रम पश्चात नेपाल शेयर हबका म्यानेजिङ डाइरेक्टर नारायाण देशारले यस्तो खाले कार्यक्रम आफूहरुले आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम निकै उपयोगी : सहभागी 
यता कार्यक्रमका विभिन्न सहभागीहरुले कार्यक्रम निकै फाइदाजनक भएको बताएका छन् । सेयर बजारसम्बन्धि आफुलाई थाहा नभएका कतिपय कुराहरुपनि अन्तरक्रियाका क्रममा आएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए । ‘नेपाल सेयर हबले गरेको यो कार्यक्रमबाट निकै फाइदा पुगेको महसुस गरेको छु । यसले हामी लगानीकर्ताहरुलाई निकै फाइदा पुग्नेछ । यस्ता कार्यक्रमहरु बेलाबेलामा आयोजना भएको खण्डमा लगानीकर्ताहरुलाई निकै फाइदा पुग्नेछ ।’ एक सहभागीले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार उनीमात्र होइन कार्यक्रममा सहभागी अधिकांसले कार्यक्रमलाई निकै फाइदाजनक कार्यक्रमको रुपमा लिएका थिए ।

उक्त कार्यक्रममा अर्थ सरोकार डटकम मिडिया पार्टनरको रुपमा रहेको थियो । 

 
 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: