एनआर्इसी एशिया क्यापिटलले ल्यायो निशुल्क डिम्याट खाता, एक वर्ष शुल्क पनि नलाग्ने !


काठमाडौं- एनआर्इसी एशिया क्यापिटलले निशुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ । कम्पनीका अनुसार पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क पनि लाग्ने छैन । एनआर्इसी बैंकको देशभरीका शाखाबाट निशुल्क खाता खोल्न सकिने बैंकले जनायो । पूँजी बजारलार्इ सबल बनाउन एनआर्इसी क्यापिटलले लगानीकर्तालार्इ प्रोत्साहन समेत गर्दै आएको छ । कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट,निष्काशन तथा बिक्री प्रवन्धक,लगानी परामर्श सेवा र धितोपत्र सेवा दिँदै आएको छ ।
प्रकाशित : Saturday, June 03, 2017
Loading...

recent

Popular Posts