×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

८० न्यायाधीशको अन्तिम छिनोफानो १ गते : पराजुलीको सुनुवाई आज

काठमाडौं – सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ ।
न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको र सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुंगाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
यसैबीच, भावी प्रधानन्यायाधीशका रुपमा चर्चामा रहेका गोपाल पराजुलीको विरुद्धमा परेको रिटको सुनुवाई आज (शुक्रबार) हुन सक्ने खबर आजको नेपाल समाचारपत्रमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: