×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एसईई पास भएका विद्यार्थीहरु होसियार ! ११ कक्षामा दिएको डिस्काउन्ट कक्षा १२ मा यसरी असुलिन्छ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कक्षा ११ मा विद्यार्थीहरु आफ्नो कलेजमा भर्ना गराउन अहिले विभिन्न प्लस टु कलेजहरु कुनैपनि हतकण्डा अपनाउन तयार भइरहेका छन् । त्यसका लागि विभिन्न कलेजहरुले भड्किलो प्रचार, विभिन्न एक्स्पो लगायतका कामहरु गरिरहेका छन् । कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई कलेजले फाल्ने अर्को जालो हो, ‘डिस्काउन्ट’ अर्थात ‘छुट’ ! तर यो डिस्काउन्टभित्रको खेल भने अर्कै हुनेरहेछ ।
११ मा दिएको डिस्काउन्ट कक्षा १२ मा यसरी असुलिन्छ ! 
कक्षा ११ मा काठमाडौँको एक कलेजमा भर्ना भएका सुनसरीका रमेश शाह त्यतिबेला तनावमा परे, जतिबेला उनलाई कक्षा १२ मा पूरै शुल्क तिर्न लगाइयो । ‘कक्षा ११ मा म बर्षको २५००० तिर्ने सर्तमा भर्ना भएको थिएँ । तर १२ कक्षामा मलाइ भर्ना शुल्क र मासिक शुल्क भन्दै बर्षको ४२००० तिराइयो । मैले यसबारेमा कलेजसँग बुझ्दा कलेजले मलाइ डिस्काउन्ट कक्षा ११मा मात्र हुने बताए । उनले अर्थ सरोकार डटकमसँग गुनासो पोख्दै भने, ‘पहिला त अचम्ममा परें । रिसपनि उठ्यो । अरु कलेज पढ्ने विद्यार्थीहरुलाईपनि सोधें । अधिकांस कलेजहरुमा त्यस्तै हुने थाहा पाएपछि चित्त बुझाएँ । तर यो त सरासर लुट हो । कलेजहरुलाई नियमन गर्ने निकायले यसबारेमा बुझ्नुपर्छ ।’
ठुलै कलेजहरुमापनि यस्तो धन्दा ! मोफसलको पीडा उस्तै 
यसो त यस्तो गलत अभ्यास साना कलेजहरुमा मात्र हुने भन्ने चर्चापनि चल्ने गरेको छ । तर उपत्यकाका ठुलै कलेजहरुमा पनि यस्तो धन्दा चल्ने गरेको छ । काठमाडौँका नाम चलेका धेरैजसो कलेजहरुमा कक्षा ११ मा डिस्काउन्ट दिने अधिकांस कलेजहरुमा यस्तो धन्दा चल्ने गरेको छ । काठमाडौँमात्र होइन, मोफसलमा पनि यस्तै धन्दा चल्ने गरेको छ । पोखरा, बीरगंज लगायतका प्लस टु कलेजहरुमापनि कक्षा ११ मा डिस्काउन्ट दिने र कक्षा १२ मा ठुलै रकम उठाएर ११ कक्षाको छुट पनि असुल्ने गरेका छन् । ‘यहाँपनि विद्यार्थीहरुको मर्का उस्तै छ । ११ कक्षामा डिस्काउन्ट भन्ने र १२ कक्षामा उक्त रकम असुल्ने गरीएको छ ।’ पोखराको एक कलेजबाट भर्खर प्लस टु सक्याएका एक विद्यार्थीले अर्थ सरोकार डटकमसँग भने । 

हिसानमाथि नै ठडियो औंला ! विद्यार्थीले के गर्ने ?
यता विभिन्न प्लस टु कलेजहरुको छाता संगठन हिसानपनि यस मामलामा बोल्ने गरेको छैन । आफुहरुपनि कलेज संचालक भएको र आफुहरुले पनि त्यस्तै काम गर्ने भएकाले हिसान यस मामलामा बोल्ने नगरेको सरोकारवालाहरु बताउँछन् । केहि समयअगाडी काठमाडौँमा सञ्चालित हिसान एडु फेयरमा केहि सहभागीहरुले यस्तो प्रश्न उठाएको भएपनि हिसानका कोहि प्रतिनिधिहरुपनि यसबारेमा बोल्न चाहेनन् । यता भर्खर प्लस टु सकेका विद्यार्थीहरु भने कक्षा ११ मा डिस्काउन्टको कुरा हुने बेलामा नै कक्षा १२ मा पनि कति शुल्क उठाउने भन्ने बारे बुझ्न आग्रह गर्छन् । ‘कक्षा ११ मा मात्र डिस्काउन्ट हेर्यो भने त कक्षा १२ मा डुबिन्छ । विद्यार्थीहरु सचेत हुन जरुरी छ ।’ भर्खर प्लस टु सकेका एक विद्यार्थीले अर्थ सरोकार डटकमसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: