×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जसले छोरीलाई चिसो लाग्दा जलाए २० करोड !

एक बाबुले भने छोरीलाई चिसोबाट जोगाउन २० करोड रुपैंया बराबरको रकममा आगो लगाएको खबर एजेन्सीहरुले छापेका छन्  । कोलम्बियाका पोबलो एस्कोबारले छोरीलाई चिसोबाट जोगाउन २० करोडमा आगो लगाएका हुन् । कुनै जमानामा हरेक हप्ता ४२ करोड डलर ९करिब बयालीस अरब रुपैयाँ कमाइ गर्ने कोलम्बियाका कोकिन किङ्ग पोबलोले आफ्नो परिवारलाई जाडोबाट बचाउनको लागि २० करोड रुपैयाँ बराबरको रकममा आगो लगाएका थिए ।
उनकी छोरीका अनुसार परिवार पहाडी इलाकामा लामो समयसम्म लुकेर बसेको थियो । त्यही क्रममा एक रता छोरिको शरीरको तापक्रम जाडोका कारण ह्वात्तै घट्यो । त्यही समयमा उनले छोरीलाई बचाउन २० लाख डलरमा आगो लगाएका थिए । जसका कारण छोरीको अवस्था सामान्य होस् ।
पोबलो लागुऔषध कोकीनकको दुनियाँका अहिलेसम्मै सबैभन्दा ठूला बादशाह हुन् । आफ्नो जमनामा उनले संसारमा ८० प्रतिशत कोकीन एक्लै सप्लाई गर्थे । डिसेम्बर १९९३ मा पोबलोको गोली हानी हत्या भएको थियो । उनको हत्या कसले गर्यो भन्ने चाहिँ अहिलेसम्म खुल्न नसकेको बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: