×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मौन अवधिमा पैसा बाँड्दा बाँड्दै एमाले सांसद् र उम्मेदवार पक्राउ परेपछि एमालेभित्र भूकम्प

ओखलढुंगा – भोट किन्‍ने समय मानिँदै अाएको मौन अवधिमा एमाले सांसदले नै मतदातालाई पैसा बाडिरहेको अवस्थामा पक्राउ परेका छन् ।ओखलढुंगामा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद् यज्ञराज सुनुवार मतदातालाई पैसा बाँड्दाबाँड्दै स्थानियले रंगेहात नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीयका अनुसार जिल्लाको मोलुङ गाउँपालिकाको रामपुर भन्ने ठाउँका मतदातालाई पैसा बाँडिरहेको अवस्थामा पक्राउ गरी सांसद सुनुवारलाई इलाका प्रहरी कार्यालय रामपुरलाई जिम्मा लगाइएको छ ।
पत्रकार खीला कार्कीका अनुसार सांसद सुनुवारले एमाले उम्मेदवार मणिराज राईको जिताउन भन्दै पैसा बाँडिरहेका थिए । उनले मतदाताको अवस्था हेरेर २ हजारदेखि २० हजारसम्म बाँडेका थिए । त्यस्तै,पाल्पाको रिप्तीकोट गाउँपालिका वडा नं ३ का वडाध्यक्षको उम्मेदवार विष्णुप्रसाद खनालले मतदातालाई पैसा बाँडिरहेको बेलामा स्थानीयले नियन्त्रणमा लिएका हुन्। त्यहाँ पनि अहिले प्रहरी आईसकेको छ र स्थानीयले वडाध्यक्ष खनाललाई प्रहरीको जिम्मा लगाईसकेका छन्।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: