×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली मतदाता पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ असार २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

नक्कली मतदाता पक्राउ

Image result for arrest
विराटनगरको एक मतदान केन्द्रबाट अर्कै व्यक्तिको नाममा मत हाल्न खोज्ने नक्कली मतदाता पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका ३ स्थित कन्या क्याम्पस मतदान केन्द्रबाट आफ्नो भतिजाको नाममा मत हाल्न गएका २९ वर्षीय पुरुषोत्तम आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले दुर्गा आचार्यको नामबाट भोट हाल्न खोजेका थिए । सोही ठाउँका नागरिकता नम्बर ०५१०६६८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा उनी भोट हाल्न आएका थिए ।
निर्वाचनमा खटिएको निर्वाचन आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । – एस काठमाडौं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: