पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु
Powered by Blogger.
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

  • आश तमु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । सोमबार दिउँसो प्याराग्लाइडिङ उदाउने क्रममा फेवातालमा खसेका २७ बर्षिय पाइलट प्रभात सुवेदीको डुबेर मृत्यु भएको हो । 

पोखरा लेखनाथ ३३ का स्थानीय सोलो पाइलट सुवेदी ब्लूस्काई प्याराग्लाइडिङबाट डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका थिए । उनको रेस्क्यु प्याराग्लाइडिङ सिक्ने क्रममा तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

तालमा डुवेका सुवेदीलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल पुर्याउदा उनलाई डाक्टरले मृत घोषणा गरेको हो । उनको शव अहिले पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : Monday, June 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...