×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवा सरकारमा माओवादीबाट महराले नेतृत्व सम्हाल्ने, जर्नादन शर्मा गृहमन्त्री !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौ – आज नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । यस्तैमा कुन मन्त्रालयमा कुन पार्टीको तर्फबाट को होला सबै तिर चासो र चर्चाको बिषय बनेको छ ।

सोमबार मात्रै माओवादी, कांग्रेस र प्रतिपक्ष एमालेबीच सहमति भएपछि आज एमालेले संसद अबरुद्ध नगर्ने र प्रधानमन्त्रीको निर्वाचन हुने छ । देउवा निर्वाचित भएसँगै पहिलो चरणमा सानो मन्त्रीमण्डल बनाउने माओवादी र कांग्रेसको सहमति छ ।
विशेष दिएको जानकारी अनुसार माओवादीलाई ८ वटा मन्त्रालय दिन कांग्रेस तयार भएको छ । तर कुन–कुन मन्त्रालय दिने भन्ने सहमति भइसकेको छैन । शुरुको चरणमा दुई मन्त्री सरकारमा सहभागि गराउने माओवादी हेडक्वाटरको तयारी रहेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार कुन मन्त्रालय दिने÷लिने भन्ने कुरामा सहमति भइसकेको छैन ।
माओवादीबाट महराले नेतृत्व गर्ने गृहमा भने जर्नादन शर्मा
कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट नेतृत्व गरेर प्रचण्ड सरकारका अर्थमन्त्री कृष्ण बहादुर महरा पहिलो चरणको मन्त्रीमण्डल जाने भएका छन् । महरालाई उपप्रधानमन्त्री बनाउने माओवादीको तयारी छ, तर कुन मन्त्रालय दिने भन्ने टुंगो नलागेको माओवादीका एक नेताले बताए ।
त्यसोत प्रचण्ड नेतृत्व सरकारमा हुँदा लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका उर्जामन्त्री जनार्दन शर्माले गृह मन्त्रालय लिएर पहिलो चरणको मन्त्रीमण्डलमा जाने लगभग निश्चित जस्तै छ । तर अन्तिम निर्णय भने अहिले बालुवाटारमा बसिरहेको माओवादी शिर्ष नेताहरुको बैठकले लिनेछ ।
माओवादी नेता तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेल र टोपबहादुर रायमाझिले पनि गृहमन्त्रीको दावी गर्दै आइरहेका थिए । सापकोटा, बस्नेत र रायमाझि प्रचण्ड निकट मानिन्छन् भने पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।

कांग्रेसबाट यी छन् मन्त्री बन्ने लाइनमा
कांग्रेसले महेश आचार्यलाई अर्थमन्त्री र ज्ञानेन्द्रवहादुर कार्कीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी गरेको छ । गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पहिलो चरणमा मन्त्री बन्ने लाईनमा छन् । श्रेष्ठ र मन्सुरको मन्त्रालय कुन हुने भन्ने छलफल भइरहेको छ ।
कांग्रेसले रमेश लेखक र गगन थापालाई पनि समेट्ने तयारी गरेको छ । थापाले प्रचण्ड नेतृत्व सरकारको पालामा स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै यो पटक पनि मन्त्री बनाउनुपर्ने देउवालाई दबाव छ ।
त्यसैगरि मिन विश्वकर्मा र भिमसेनदास प्रधानको नाम पनि कांग्रेसबाट मन्त्रीको सुचीमा रहेको छ । डिना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नामसमेत चर्चामा छ ।
ध्यानगोविन्द रञ्जित, वीरबहादुर बलायर, लुम्बिनी क्षेत्रबाट भरत शाह, चन्द्र भण्डारीको सम्भावना छ भने ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेत पनि मन्त्रीका लागि चर्चामा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: