×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तीन वटी बिहे गरेर कारबाहीमा परेकालाई प्रचण्डले केन्द्रीय सदस्य बनाएपछि ..

जस्तो गुरु उस्तै शिष्य ! पार्टी अध्यक्षको सिको गर्दै महासचिवले पार्टीमा रहँदा अनेक काण्ड मच्चाए ।
काण्डै काण्डका बीच उनी नैतिक रूपमा यतिसम्म गिरे कि पूर्वमन्त्री विश्वेन्द्र पासवानले उनलाई चारित्रिक र नैतिक स्खलन भएको आरोप लगाउँदै कारबाही गरे ।
पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनमा परेका र उनै विशेन्द्र पासवानबाट नैतिक रूपमा स्खलित भएको आरोप लागेका व्यक्तिलाई माओवादीले ‘सुनपानी’ छर्किएको छ ।
दुई पत्नीलाई धोका दिएर तेस्री भित्र्याएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइदिने आश्वासनसहित माओवादी पार्टीमा भित्र्याइएको रहस्य प्रकाशमा आएको हो । यो रहस्योद्घाटन सीता परियारले गरिदिएकी हुन् । सीता तिनै मेघराज परियारकी दोस्री पत्नी हुन् ।
गोरखा स्थायी घर भएकी उनीसँग सुरुमा मेघराजले फोन सम्पर्क गरे, झुक्किएर । पछि त्यही फोन सम्पर्क प्रेम हुँदै विवाहमा रूपान्तरण भयो । सुरुमा मेघराजले भनेका थिए, ‘मेरो पहिलो श्रीमतीले छोडी, तिमीसँग विवाह गर्न चाहन्छु । मास्र्टस लेभल पढ्दै गरेको र दलित जनजातिको उद्धारमा लागेको नेताका कुरा सुरुमा सीताले पत्याउँदै गइन् ।
त्यतिबेला उनी छाँगाबाट खसिन् जुन समय मनमैजुस्थित मेघराजको कोठामा श्रीमती बनेर सीता प्रवेश गरिन् । त्यहाँ ६ वर्षको बच्चाका साथमा जेठी श्रीमती थिइन् । आफ्नो भाग्यलाई धिक्कार्दै सीता जिन्दगीको रथ घिसार्दै थिइन् । बीचमा जेठी श्रीमती ६ वर्षको बच्चालाई छाडेर हिँडिन् । उनलाई लागेको थियो कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो । तर, नियतमै खोट भएको मान्छेको अगाडि कसको के लाग्थ्यो र ? सीताको मुहारमा खुसी त्यतिबेलासम्म मात्र टिक्यो जुन समयसम्म उनको पेटमा बच्चा आएको थिएन । जब गर्भ बोकिन् तब श्रीमान् टेढिए ।
पछि थाहा भयो कि उनी कान्छीको खोजमा लागेका रै’छन् । उनले गर्भवती भएकी दोस्री पत्नीलाई बिचल्ली बनाएर आफूभन्दा निकै कम उमेरकी युवतीलाई तेस्री पत्नीका रूपमा भगाएको आरोप सीताको छ ।
यो बीचमा सीताले तारान्तार फोन गरिन् तर पार्टीको कार्यक्रममा व्यस्त छु भन्दै टारिरहे । बीचमा कान्छी श्रीमती च्यापेर उनी हिँडेको थाहा पाएपछि उनले बालाजु प्रहरी चौकीमा उजुरी पनि दिइन् तर केही सुनुवाइ नभएको उनको दुखेसो छ ।
यसरी काखे बच्चासहितको श्रीमतीलाई बिचल्ली पारेर उनीसहितको एउटा समूह केही दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेको छ । अब हेर्न बाँकी छ, श्रीमती र काखेबच्चा रुवाएर माओवादी बनेका महासचिव मेखराज परियारले कस्तो क्रान्ति गरेर देखाउलान् ? – जनआस्था साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: