×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काँग्रेस–माओवादीबीच प्रदेश नम्बर ७ मा एकता, हेर्नुहोस् ८८ सिटमा यस्तो भागबण्डा

पहिलो चरणको चुनावमा काँग्रेस–माओवादीबिच स्थानिय निकायको निर्वाचनमा चुनावी एकता भयो । तर परिणाम भने उनीहरुका लागि घातक बन्यो । काठमाडौंमाडौं पोखराजस्ता मुख्य महानगर हरुमा उनीहरुको गठबन्धन पत्ता साफ भयो । भरतपुरमा त् मतपत्र च्याताच्यात नै भयो र त्यो लफडा अझै टुंगिएको छैन ।
‘काँग्रेस – माओवादीबीच अप्राकृतिक र अपवित्र गठबन्धन भयो’ भनेर उनीहरुका जिम्मेवार नेताहरुले खुलेआम भने । यसैबीच प्रदेश नम्बर सात (सुदुरपश्चिममा) काँग्रेस–माओवादीबिच चुनावी एकता गर्ने सहमती भएको छ । यसअघि एमाले सदुरपश्चिम सम्वन्य कमिटीले पनि माओवादीसंग चुनावी एकता गर्ने प्रस्ताव अघि सारेको थियो ।
माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज तथा स्थायी समिति सदस्य लेखराज भट्ट र काँग्रेस केन्द्रिय सदस्य एनपी साउद लगायतका नेताहरुले प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तीक सहमती भइसकेको छ । प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’का अनुसार दुई पार्टीबिच लामो छलफलपछि चुनावी एकता गर्ने निष्कर्समा पुगिएको हो । सुदुरपश्चिममा कुल ८८ ओटा स्थानीय निकायका निर्वाचन क्षेत्र रहेका छन् ।
काँग्रेस-माओवादीबिच ६०/४० को सम्भावना
चुनावी एकता गर्ने सैद्धान्तीक सहमती भएपनि संख्याको बाँडफाँड भने भएको छैन् । कुन जिल्लामा कसले कति र कुन क्षेत्र लिने लिने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी जिल्लालाई दिने सहमती भएको छ । स्रोतका अनुसार काँग्रेसले ६० र माओवादीले ४० प्रतिशत लिने गरि सहमती बन्नसक्ने सम्भावना छ ।
बझाङमा सात/पाँचको सहमती
बझाङमा भने काँग्रेस–माओवादीले कसले कति क्षेत्र लिने भन्ने टुङ्गो लगाइसकेको छ । १२ स्थानीय तह रहेको बझाङमा ७ काँग्रेसले लिने र ५ माओवादीले लिने जिल्ला नेतृत्वबिच सहमती भइसकेको छ । तर यो सहमतीलाई तल्लो तहसम्म सर्कुलर गरिएको छैन् ।
कुन जिल्लामा कति स्थानीय निकाय ?
कुल ८८ ओटा स्थानीय निकाय भएको सात नंम्बर प्रदेशमा सबैभन्दा बढी कैलालीमा १३ ओटा छन् । यस्तै कञ्चनपुरमा ९,बझाङमा १२,डडेल्धुरामा ७ र डोटीमा ९ ओटा स्थानीय तह छन् । दार्चुलामा ९,वैतडीमा १०,अछाममा १२,बाजुरामा ९ ओटा स्थानीय निकाय छन् ।
प्रदेश नंम्बर ७ मा १३ लाख मतदाता
स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर सातबाट १३ लाख भन्दा बढी मतदाता छन् । सात नम्बर प्रदेशबाट १८ वर्ष उमेर पुगेर र मतदाता नामावलीमा नाम दर्ता गराएका ६ लाख ३४ हजार तीन सय ७७ जना पुरुष, ६ लाख ६९ हजार तीन सय २१ जना महिला र १४ जना तेस्रो लिङ्गी गरि १३ लाख तीन हजार सात सय १२ जनाले मतदाता छन्।
बैतडीमा ६० हजार २ सय २७ जना पुरुष, ६४ हजार पाँच सय ९६ जना महिला र एक तेस्रो लिङ्गी गरि एक लाख २४ हजार आठ सय २४ जनाले स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउने भएका छन् । जिल्लामा २०६४ सालको संविधान सभाको निर्वाचनमा एक लाख चार सय सात जना मतदाता रहेका थिए भने २०७० सालमा ६५ हजार ८ सय ६७ जनाले मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
यस्तै जसअन्तरगत यता डडेल्धुरामा ३७ हजार २ सय ५४ पुरुष र ३८ हजार पाँच सय २६ जना महिला गरि जम्मा ७५ हजार ७ सय ८० जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार मताधिकार उमेर पुगेका अनुमानित ६ हजार जनाको मतदाता नामावलीमा नाम नहुँदा मतदान गर्नबाट बञ्चित हुने भएका छन् । दार्चुलामा ३६ हजार ६ सय ४१ परुष र ३६ हजार २ सय ६५ जना महिला गरि ७२ हजार ९ सय ६, डोटीमा एक लाख ८ सय, अछाममा एक लाख २७ हजार सात सय २४ जनाले मतदान गर्न पाउने भएका छन् ।
यस्तै बझाङमा ९७ हजार ६ सय ५, बाजुरामा ६४ हजार ९ सय ५०, कैलालीमा चार लाख तीन हजार दुई सय ८० र कञ्चनपुरमा दुई लाख ३५ हजार सात सय ३६ जनाले स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउने छन् । निर्वाचन आयोगले आइतबारमात्रै स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: