×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘प्रहरी मेरो साथी’ होइन प्रहरी मेरो दुश्मन ! नियमका नाममा लुट मच्चाउने प्रहरी कसरि मेरो साथी ?

स्केच तस्विर : गुगल 
  • एसपी अनुराग 
हुन त नियम भनेको मिच्नेहरुकै लागि हो । जसले मिच्छ अक्सर नियमहरु उसैका लागि बनाइन्छ । अहिले प्रहरीले जथाभावी बाटो काट्नेहरुलाई कारवाही सुरु गरेको छ । नियम लागु हुन सुरु गरेको पहिलो दिन नै प्रहरीले बाटो काट्ने ३ हजार ३ सय ५० जनालाई नियनत्रणमा लिएर कारबाही गरेको खबर सार्वजनिक भएको छ । यसमध्ये प्रोत्साहन भत्ताका रुपमा २५ प्रतिशत प्रहरीले आफैं पाउँछन् । प्रोत्साहनका नाममा गरिएको यहि गलत व्यवस्थाले गर्दा नियम कडा पार्नु भन्दापनि प्रहरीहरु कमाउ धन्दामा लागेको प्रष्ट हुन्छ । 
२०० रुपैयाँ तिरे छाड्ने नत्र ३ घण्टा थुन्ने ? कस्तो नियम हो यो ? पैसा हुनेहरुलाइ छाडिने नहुनेहरु थुनिनुपर्ने किन ? कि सबैलाई थुन्ने व्यवस्था ल्याएको भए राम्रो हुन्थ्यो । यहाँ त पैसा कमाउनकै लागि यस्तो नियम ल्याएको जस्तो स्पष्ट हुन्छ । पहिलो दिनकै तथ्यांक हेर्ने हो भनेपनि जरिवना तिर्न नसक्ने र नचाहने १ हजार २ सय २८ जनालाई ३ घण्टा प्रहरीको कार्यालयमा नियन्त्रणमा राखेर छाडिएको छ । 
ट्राफिक प्रहरीले आजबाट जथाभावी बाटो काट्ने र पेटी छाडेर सडकबाट हिँड्ने यात्रुलाई नियनत्रणमा लिएर जरिवाना गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले उपत्यकामा हुने दुर्घटनामा मृत्यु हुने पैदलयात्रुको संख्या ४० प्रतिशत भन्दा बढी भएकाले त्यसलाई न्युनीकारण गर्न यो ब्यवस्था गरिएको बताएको छ । तर यसले यो समस्याको समाधानभन्दापनि अरु थुप्रै समस्याहरु ल्याउने स्पष्ट छ । यसले प्रहरीलाई हेर्ने नजरपनि परिवर्तन गर्ने छ । प्रहरी मेरो साथी होइन, प्रहरीलाई अव दुश्मनको रुपमा हेर्न थालेका छन् जनताले । बटुवाहरुले । 
धेरै र्वसाधाराणले भने जेब्रा क्रसिङ, पेटी लगायत पूर्वाधारको उचित रेखाङ्कन र निर्माण नभएकाले यसले यात्रुलाई सास्ती मात्रै दिएको बताएका छन् । यथार्थ यस्तै छ । यसका आ-आफ्नै फाइदा बेफाइदा भएपनि कुराचाहिं यहि पक्का छ कि, यसले प्रहरीलाई हेर्ने नजरमा परिवर्तन आउनेछ । जनताले वा बटुवाले अव प्रहरीलाई साथी भन्न छाड्नेछन् । यस विषयमा सबैको ध्यान जानु जरुरी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: