काठमाडौंका दुई गुण्डा नाइके सुन्धाराबाट पक्राउ
Powered by Blogger.
काठमाडौंका दुई गुण्डा नाइके सुन्धाराबाट पक्राउ

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - काठमाडौंमा गुण्डागर्दी गर्दै आएका २ गुण्डा नाइके सुन्धाराबाट पक्राउ परेका छन ।गुण्डा नाइके राजु गोर्खाली र ‘गुरु’ उपनामले चिनिले देवेन्द्र केसीलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छबिलाल जोशीले जानकारी दिए । गोर्खाली र गुरूलाई नियन्त्रणमा लिएका एसएसपी जोशीले यसअघि दिकप मनाङ्गे, चक्रे मिलन लगायतका दर्जनबढी गुण्डालाई कारवाही गरिसकेका छन् । महानगरीय प्रहरी परिसर प्रमुखको रुपमा जोशीको सरुवा भएसँगै उनले गुण्डागर्दी बिरुद्ध अप्रेशन शुरु गरेका थिए । सुन्धारा देखि चावहिलसम्म आफ्नो गुण्डागर्दीको धन्दा फैलाएका गोर्खाली बिरुद्ध सार्वजनिक अपराधमा म्याद लिएर अनुसन्धान गरिने एसएसपी जोशीले जानकारी दिए ।

प्रकाशित मिति : Monday, June 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...